बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्ती  भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक नागस्वती (बि) वियजी हुँदै फाइनलमा प्रवेश गरेको छ।

आज शुक्रबार हेटौंडा- ५ पिप्ले रङ्गशालामा आयोजना गरिएको खेलमा आयोजक समुहको (बि) र एन आर टी भेट्रान्स बिच भएको सेमिफाइनक खेलमा  ३ – १ गोल अन्तरले विजयी हुँदै  आयोजक फाइनलना पुगेको हो।