हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले पक्षमा ५७ मत प्राप्त गरे । १०४ सदस्यीय प्रदेशसभामा ५८ जना सांसद बैठकमा उपस्थित थिए भने विपक्षमा भने कुनै मत परेको छैन् ।
सभामुख पद रिक्त रहेकाले उपसभामुखको सभाध्यक्षतामा भएको मतदानमा उपसभामुखबाहेक उपस्थित सबै ५७ सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारका प्रमुखका रूपमा धारा १६८ को उपधारा (४) अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।
मतका लागि प्रस्ताव पेशमा सरकार गठनका लागि १०४ सदस्यीय प्रदेशसभामा ५३ सांसदको समर्थन आवश्यक पर्छ।
सोहीक्रममा विश्वासको मतको पक्षमा नेकपा एमालेका २४, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का ७ सांसदले मतदान गरेका हुन्।
नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ गरी ४१ सांसद भने बैठकमा उपस्थित रहेनन् ।
मुख्यमन्त्री थापालाई विश्वासको मत दिनेक्रममा राप्रपा विभाजित बनेको थियो । थापा सहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाही समेत गरेको जनाएको छ । चार जनालाई पदमुक्त गर्न भन्दै राप्रपाले सोमबार प्रदेश सभा सचिवालयमा पत्राचार समेत गरेको थियो । राप्रपाका १२ जना सांसद मध्ये ७ जना सरकारको पक्षमा रहेका हुन् । सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा रिट परेको र रिट उपर सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । रिट निवेदक पक्ष र सरकार पक्षलाई अदालतले भदौ १० गते छलफलका लागि बोलाएको छ । मुख्यमन्त्री थापा गएको भदौ ४ गते एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत पाएसँगै प्रतिक्रिया दिदै प्रतिपक्षका संसदीय दलका नेताहरुसँग अनुरोध गरेको र संसदिय प्रणाली अन्तरगर्त सत्तापक्ष र प्रतिपक्ष रहने क्रममा मौन सहमतीमा विश्वास गरेको अनुभूत गरेको बताए ।
नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहमतीमा ३ दलिय सरकार बनेको बनेको सरकारमा कसैको असन्तुष्टि नपाएको मन्त्री थापाको भनाइ छ ।






















प्रतिक्रिया दिनुहोस्