रोशन दिप –  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवन क्षेत्र नं २ बाट महासमिति प्रतिनिधि जनजाति आरक्षणतर्फ कुमार गुरुङ (भण्डु)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

पछिल्लो समय नेपाली राजनितीमा युवा पुस्ताको सहभागीता बढे सँगै परिवर्तन भएको समयको माग अनुसार काम गर्नुपर्ने चुनौती थपिएकोले पार्टी संगठनलाई बलीयो बनाउँदै जनजाति समुदाय र युवाको आवाज महासमिति तहमा पुर्‍याउने उद्देश्यले उनले उम्मेदवारी दिएका हुन्।

राजनीतिक उतारचढावका कठिन दिनहरूमा कांग्रेसका युवा कार्यकर्ताका रूपमा सक्रिय गुरुङले प्रहरी नियन्त्रण र हिरासतको अवस्थासमेत झेल्नुपरेको उनीसँग लामो समयदेखि परिचित व्यक्तिहरूको भनाइ छ।

२०६० साल आसपासदेखि गुरुङको राजनीतिक यात्राको महत्वपूर्ण आधार नेपाल तरुण दल चितवनसँग जोडिन्छ। जहाँ रहेर युवालाई संगठित गर्ने, संगठन विस्तार गर्ने र विभिन्न चुनौतीबीच पार्टी गतिविधिलाई निरन्तरता दिने क्रममा सक्रिय देखाए।

संगठन सँगको निरन्तर सक्रियतासँगै गुरुङले सामाजिक क्षेत्रलाई पनि आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण हिस्सा बनाउँदै आएका छन्। लामो समय युवामाझ काम गरेका कारण कांग्रेस कार्यकर्ता, युवा तथा विभिन्न सामाजिक समूहसँग उनको निरन्तर सम्पर्क र सहकार्य रहेको उनी सँग जोडीएकाहरु बताउँछन्।

गुरुङ आफ्नो राजनीतिक यात्रालाई पद वा व्यक्तिगत लाभभन्दा संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध र सामाजिक सेवासँग जोडेर अघि बढाएको बताउँछन्। विभिन्न चुनौती र आलोचनाबीच पनि पार्टी संगठनसँगको आफ्नो सक्रिय सम्बन्धलाई निरन्तरता दिएको उनको भनाइ छ।

राजनीतिसँगै उनी सामाजिक गतिविधिमा समेत संलग्न रहँदै आएका छन्।  युवाको सहभागिता, जनजाति समुदायको प्रतिनिधित्व र पार्टी संगठनलाई थप बलीयो बनाउने उनको एजेन्डा र उम्मेदवारीले सबैतिर चर्चा पाइरहेको छ भने  उनको उम्मेदवारीको टुंगो चितवन क्षेत्र नं। २ का कांग्रेस प्रतिनिधिहरूको निर्णयबाट हुनेछ।