हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेस्थित स्थानीय महेन्द्र दोङको पसलभित्रबाट किङ्ग कोब्रा सर्पको सुरक्षित उद्धार गरिएको छ ।
आइताबार सांझ पसल भित्र चाउचाउ झिक्न जाँदा अचानक डरलाग्दो फुङकार सुनेपछि पसलको र्यागागमा किङ्ग कोब्रा सर्प देखिएपछि केही बेर स्थनीयहरु नै त्रसित भएको दोङले बताए ।
सोहीक्रमसँगै हेटौंडा -१५ का वडा सदस्य सदस्य सिं बहादुर लो सहित सर्प उद्धारका लागि राजेश थापा “गरिब” र रोशन थापा “दीप” लाई खबर गरेपछि आइताबार १६ औं पटकको किङ्ग कोब्रा सकुशल उद्धार गरेका हुन् ।
यसअघि १४औँ पटकको उद्धारका क्रममा गएको जेठ १९ गते बकैया र बागमती गाउँपालिकाको सीमावर्ती क्षेत्र बकैया- ३ मा किङ्ग कोब्राको टोकाइमा परेर मृत्युलाई जितेपछि बकैया ३ बाट र हेटौंडा १५ बाट पुन: उद्धार गरेका हुन् ।
सोहीक्रमसँगै उद्धारका लागि हेटौंडा १५ पुगेपछि उद्धार अघिनै सर्प भगउने प्रयासमा स्थानीयवासीले सर्पलाई धुवाँ लगाएर पेट्रोल खन्याइएपछि सर्प आक्रामक अवस्थामा रहेकाले सुरक्षित रूपमा नियन्त्रणमा लिन केही कठिन भएको बताए ।
वडा सदस्य सिंहबहादुर र स्थानीयवासीको समन्वयमा उद्धार गरिएको किङ्ग कोब्रालाई मानव बस्तीबाट टाढा जंगल क्षेत्रमा सुरक्षित रूपमा छाडिएको रोशनले बताएका छन् ।
किङ्ग कोब्राललाई (राजगोमन र कालीनाग ) पनि भनिन्छ । किङ्ग कोब्रा जसले सर्पलाईनै खाने गर्छ । यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । यसको एकपटकको टोकाइमा करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्न सक्छ । जसलाई देख्नसाथ बाघ हात्ती जस्ता ठूला जनावहरु पनि पछि सर्छन । यसमा हुने विष अर्थात भेनम न्यूरोटक्सिक भेनम अत्यन्त घातक हुन्छ । तर, मानिसहरुबाट सकेसम्म टाढा बस्न रुचाउँने एकदमै शान्त अनि बुद्धिमान सर्प हो । हत्तपत्त मानिसहरुलाई टोक्न खोज्दैन । जसले टोक्दैन र टोकेमा जिवित रहेको घटना विरलै छ ।
त्यसोत कुनैपनि सर्पले मानिसलाई आक्रमण गर्न र टोक्नै खोज्दैन । तर, सर्पलाई अन्जान मै भएपनि दख्खल परेमा खतरा महसुस भएर टोक्ने घटना हुने गरेको रोशन दिप बताउछन् । सर्पलाई भगाउँने भन्दै पेट्रोल, डिजेल, मट्टितेल, हरप्याक, फिनेल जस्ता पर्दाथ खन्याउने गर्नु सर्पका लागि हानी हुने र मानिसका लागि थप जोखिमपूर्ण हुने भएकाले सामान्य अवस्थामा सर्पले क्ही नगर्ने र खतरा महसुस गरेमा आक्रमण गर्न सक्ने हुँदा यस्तो गतिविधि नगर्न आग्रह गरे ।
मकवानपुरमा पत्रकारिता कर्म गरेसँगै स्वयम् सेवकका रुपमा सरकारी वा निजी निकायको विना तलब–भत्ता कुनै संघ–संस्थाको सहयोग विना नै निःशुल्क रुपमा मानव र सर्पबीचको द्धन्द र भय हटाउने अभियानमा मानव बस्तीको घरघर पुगेर सर्प उद्धार गर्दै आएका हुन् ।
सर्पले देख्योकि डस्छ मार्छ भन्ने डर हटाएर सर्प र मानिस सुरक्षित हुनुपर्छ भन्ने लक्ष्यमा सर्पहरु उद्धार गरिरहेको र हाल सम्म १५ सय सर्पको उद्धार गरिएको “गरिब” बताउँछन् ।
मकवानपुको बागमती, बकैया, मकवानपुर गढी गाँउपालिका, भिमफेदी गाँउपालिका, हेटौंडा उपमहानगरका सबै वडाहरुबाट सर्पहरु उद्धार गरिरहेका छन् । सँगै बारा, पर्सा सँगै भारत सम्म पुगेर उद्धार गरेपछि अहिले नेपालका बिभिन्न स्थान नेपालगञ्ज, बुटवल, लुम्बिनी, स्याङ्जा, बाग्लुङ, पाल्पा, काठमाडौँ, गाइघाट, कटारी, जनकपुर लगायतका स्थानबाट उद्धारका खबर र आग्रह आउने गरेको छ।
हाल सम्म उनिहरुले १५ सय सर्पको उद्धार गरेका छन् । उद्धारकै क्रममा अविषालु सर्पहरु अजिंगर कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, ब्रोन्जब्याक ट्रि स्नेक,चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक कमन कुकुरी, ट्विन–स्पटेड वुल्फ स्नेक भेटिएका छन् । हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, क्याट स्नेक, मोक भाइपर भेटिएका छन् ।त्यस्तैगरि विषालु सर्पमा किङ कोब्रा, मोनोस्लेड कोब्रा, स्पेटिकल, कोब्रा बेन्डेड करेट, ग्रिन पिट भाइपर, लेसर ब्लेक, करेत भेटिएको “गरिब” ले बताए।
सर्प उद्धारकर्ताहरुले सर्प समातेको देखेकै भरमा सर्प समात्ने गल्ति र सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल उपचारका लागि सरकारी अस्पताल पुग्नुपर्ने रोशन बतायँछन् ।
सर्पको उद्धारपछि डिभिजन वन कार्यालय या स्थानीय सरकार पक्ष र सम्बन्धितसँगको समन्वयमा सुरक्षित वासस्थानमा छाड्ने गरेको “दिप”ले जानकारी दिए ।
कुनै स्थानमा कसैलाई सर्पले टोकेको शंका भएमा सर्प पहिचान तर्फ नलागेर सर्पले टोकेको स्थानमा कस्सेर बाँध्ने, काट्ने, चुस्ने, जलाउने वा तन्त्रमन्त्रको चक्कर छाडेर केही नगरी तत्काल सरकारी अस्पताल नै पुग्नुपर्ने “दिप” को भनाइ छ ।
































प्रतिक्रिया दिनुहोस्