हेटौंडा । ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता अन्तर्ग हेटौंडा फुटबल एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । छिमेकी मूलूक भारतको पश्चिम वंगाल राज्यको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगिता अन्तर्गत बिहीबार भएको आफ्‌नो दोस्रो प्रि–क्वार्टरफाइनल चरणको खेलमा १३–२ गोलको फरालिको अन्तरले पराजित गर्दै गोलको बाढी ल्याएर हेटौंडा फुटबल एकेडेमीले हाइल्याण्ड वारियरलाई पाखा लगाइदिएको छ ।

यो हार सँगै हाइल्याण्ड वाइएरलको मुनसोङको फुटबल यात्राको समाप्ती भएको छ । हेटौंडा फुटबल एकेडेमीको टोलीले आक्रामक र रक्षात्मक दुबै शैलीको प्रस्तुती गरेर हाइल्याण्ड वारियरको खेलाडीहरुको क्वार्टरफाइनलमा प्रवेश गर्ने सपना चक्ना चुर गरेको हो ।

रक्षात्मक शैलीको प्रस्तुती गरेको आफ्‌नो खेललाई प्रदर्शनी गरेको हाइल्याण्ड वारियरको टिमले हेटौंडा फुटबल एकेडेमीको पोष्टमा घेरै बल प्रहार गर्न सकेको थिएन । यता हेटौंडा फुटबल एकेडेमीका खेलाडीहरुले भने हाइल्याण्ड वारियरको टिममाथि निकै दावाब सिर्जना गरेर पोष्ट प्रहारलाई निरन्तरता दिँदै हाइल्याण्ड वारियरलाई निराश बनाउँदै पाखा लगाएको हो ।

हेटौंडा फुटबल एकेडेमीका टोलीले भने हाइल्याण्ड वारियरको टिमको गोल पोष्टमा निरन्रत प्रहार गर्दै उनीहरुमाथि निकै कठिन दावाब सिजना गरेको थियो भने आफ्‌नो बल नियन्त्रण र रक्षात्मक शैलीलाई राम्ररी प्रर्दशनी गर्न नसकेपछि एक गोलमै सीमित हुँदै लज्जास्पद हार हाइल्याण्ड वारियरले व्यर्होर्नुपरेको हो । यस अघि पनि हेटौंडा फुटबल एकेडेमीको टोलीले राउण्ड अफ ३२ को खेलमा माम्रिङ ब्वाइजलाई ८–१ को भारी गोलान्तरले पराजित गरेको थियो । हेटौंडा फुटबल एकेडेमीको टोलीले लगातर दुई खेलमा आफ्‌नो गोलको वर्षालाई निरन्तरता दिएको छ ।

हेटौंडा फुटबल एकेडेमीका लागि कृष्ण आले मगरले एकलैलै आधा दर्जन गोल प्रहार गरे । उनले ८ गोल प्रहार गर्दै आधा दर्जन गोल आफ्‌नो नाममा राख्ने सफल भएका हुन् । यस्तै हेमन्त भुजेलले १ गोल, गणेश भुजेलले १ गोल, दिलेन लिम्बुले १ गोल ra सन्तोष गोङ्बाले १ गोल गरे । एक गोल हेटौंडाले आत्माघाती पाएको थियो । वारियरको टिमबाट २ गोल मात्र प्रहार भएको थियो ।

अब हेटौंडा फुटबल एकेडेमीले भोलि शुक्रबारको दुर्ई टिम मध्यको विजेता टिमसँग आइतबार प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले हेटौंडा फुटबल एकेडेमीको टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् ।

क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो । हेटौंडा फुटबल एकेडेमीको टोलीले यो सँगै सिक्किममा इन्डिपेन्डेनस डे को अवसरमा सञ्चालन भइरहेको अन्य विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाएको छ । मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेल भने अगष्ट १५ अर्थात इन्डिपेन्डेनस डे को दिन हुनेछ ।

विगत ३ वर्ष देखि भारतको सिक्किमसहित पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीले सहभागिता जनाउँदै आएको छ । यद्यपि हेटौंडा फुटबल एकेडेमीको टोलीले ३ वर्षको अवधिमा मुनसोङको फुटबल प्रतियोगितामा पहिलो वर्ष उपविजेता बनेको थियो भने दोस्रो र तेस्रो वर्ष लगातार उपाधि उचालेको थियो ।