हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा उपमहानगरपालिबाट कमिटीको अध्यक्षमा रिजन जीसी चयन भएका छन् । बिहीबार हेटौंडा–४,स्थित हेटौंडा क्याम्पसको सभा हलमा भएको दोस्रो ऐतिहासिक सम्मेलनबाट रिजन जीसीको नेतृत्वमा २१ कमिटी सदस्य सर्वसम्मत चयन भएका हुन् ।

विद्यार्थीको हक हितका विषयलाई विशेष रुपमा केन्द्रीत बनाएर काम गर्ने नवनिर्वाचित अध्यक्ष जीसीले विश्वास दिलाएका छन् । सम्मेलनमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, रामेश्वर राना लगायतको उपस्थिति रहेको थियो ।

 

रातो समाचार संवाददाता
थप जानकारी