आगामी फागुन – २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी मैदानमा होमिएका कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर क्षेत्र १ का प्रत्यक्ष उम्मेदवार बनेका सुरेन्द्र लामा (योन्जन) जनताको समस्यालाई प्राथमिकतामा भन्दै मतदातासंग भेटघाट गरिरहेका छन् ।
स्थानीय आवश्यकता अनुसार काम र परिणाममुखी बन्ने भन्दै मकवानपुर क्षेत्र नं. १ अन्तर्गत बकैया गाउँपालिका वडा नं। ५ र ७, बागमती गाउँपालिका वडा नं. ८ र ३ तथा हेटौंडा उपमहानगरका विभिन्न वडाहरूमा पुगिरहेका हुन् ।
कम्प्युटर इञ्जिनियर (Computer Engineer – TU college topper) समेत रहेका सुरेन्द्र उम्मेदवार बनेपछि मतदाताहरुसँग भेटघाट गर्दै क्षेत्रका दीर्घकालीन समस्याहरू समाधानका लागि आफु काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
मतदातासंग कुरागर्दै अबको उद्देश्य परम्परागत राजनीति गर्ने नभई जनताको वास्तविक आवश्यकता बमोजिम नीतिगत कार्यको कार्यान्वयन गर्ने बताए।
काम ले नै परिणामलाई प्राथमिकता दिने र शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई नयाँ ढंगले योजना बनाई कार्यान्वयन तर्फ लैजाने बताएका हुन्।
विकास भनेको कागजी योजना मात्र होइन, जनताले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने योजना साथ आफू अगाडि बढिरहेको बताएका हुन् ।
उम्मेदवार सुरेन्द्र भन्छन् “युवा र सर्वसाधारण जनताबाट उत्साहजनक तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएसंगै अभियानलाई थप ऊर्जा दिएको छ।”
मकवानपुर जिल्ला र हेटौडा नगरको शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएको समाज सेवकको रूपमा परिचित व्यक्ती भएको पर्टीका पदाअधिारी बताउछन् । निःशुल्क आइ.टि. ट्रेनिङ, इन्टर्नसिप तथा आइ.टि. रोजगारीका अवसरहरू सिर्जना गर्दै धेरै युवालाई आत्मनिर्भर बन्न सहयोग गरेको बताएका हुन् ।अनुभव र व्यवस्थापन क्षमताका आधारमा अब क्षेत्रगत रूपमा मकवानपुर जिल्लाको एक जिम्मेवार व्यवस्थापकको भूमिका निर्वाह गर्दै जनताका निम्ति दीर्घकालीन योजना रहेकाले अघि सारिएको उल्लेख गरिएको हो ।
………………………………………………………………………………………………………………………………
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ । गएको भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।
मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।
………………………………………………………………………………………………………………………………




















प्रतिक्रिया दिनुहोस्