हेटौंडा। नेपाली फिल्म चलचित्र ‘गौँथली’ गएको साउन एक गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएसँगै सुरुवातदेखिनै सकारात्मक प्रतिक्रिया र दर्शकको अत्याधिक साथ पएको छ ।
फिल्म हेर्ने दर्शकले कथा विषयवस्तुमा , कलाकारहरूको अभिनयले समाजलाई राम्रो सन्देश दिएको भन्दै भावुक भइरहेका छन् ।
डा.कपिल रिजालले निर्देशन गरेको फिल्ममा ‘गौँथली’को शीर्ष भूमिकामा अभिनेत्री सिम्रन खड्का अरुण क्षेत्रीको अभिनय ‘गौँथली’ पात्रको संघर्ष, समाजका यथार्थ परिवार, सम्बन्ध छोरीको शिक्षाको महत्त्व अनि कठिन परिस्थितीले दर्शक भावूक हुँदै हलबाट बाहिर निस्किरहेका छन्।
चलचित्रको प्रदर्शनसँगै यसको ‘वर्ड अफ माउथ’ प्रभाव दिनप्रतिदिन बलियो बन्दै गएको हो । सामाजिक सञ्जालमा पनि कथालाई जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेको छ। कुनै चलचित्र सफल भएको संकेत दर्शकको मनमा छोडेको प्रभावले दिन्छ। नेपाली चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको मनमा ‘गौँथली’ र ‘ठूले’ आफ्नै घरपरिवारका सदस्यझैँ मान्न थालेका हुन् ।
दर्शकको बढ्दो उत्साह पाएपछि चलचित्रका प्रमुख कलाकार अरुण क्षेत्री (ठूले) र सिम्रन खड्का (गौँथली) सहित निर्माण टोली नै देशका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। दर्शकको माया, साथलाई सम्मान गर्न चलचित्रका प्रमुख कलाकार अरुण क्षेत्री (ठूले) सिम्रन खड्का (गौँथली) सहित निर्माण टोली बिहीबार हेटौंडा–४, नारायणी मलस्थित एनएस सिनेमाज पुगे । उनीहरूलाई हल सञ्चालक नवराज आचार्य, हल संयोजक माधव रिमाल लगायतले स्वागत गरेका थिए।

गाइको घ्यु आइ लभ यु भन्दै गौँथली र ठूले एकसाथ गाइको घ्यु आइ लभ यु भन्दै हलभित्र प्रवेश गरे !
चलचित्र हेरिरहेका दर्शकको मनमा भावुकता क्रोध अनि आँखामा आँसु बोकिरहेको अवस्थामा प्रिय पात्र ‘ठूले’ र ‘गौँथली’ लाई अचानक आफ्नै सामुन्ने देखेपछि केही बोल्नै सकेनन् । र्प्राइज भएको भन्दै छक्क परे । हलको माहोल नै निकै उत्साहमय बनेको थियो। आफूहरूको मन छोएको भन्दै चलचित्रभन्दा पनि प्रत्यक्ष भेटघाटमा रमाएका थिए। फोटो खिच्चे, त कसैले चलचित्रले आफ्नै जीवनको कथा सम्झाइदिएको भन्दै रोएका थिए ।

गौँथली’ परिस्थितिसँग सम्झौता गर्न बाध्यतामा पिल्सिएकी नेपाली समाजमा रहेकी कैँयो छोरी मध्यकी एक छोरी चेली प्रतिनिधि हुन्। पढ्ने चाहना हुँदापनि चाहाना विना विवाह, पराइ पठाउनु घरमा संघर्ष, पीडा अनि आइपरेको जिम्मेवारीबीचको यात्रालेले दुखाएको भावुक हुँदै सुनाए । त्यही विच ‘ठूले’ तर्फ पनि दर्शकको धारणा रोचक बनेको थियो । एक अटिजमको अवस्था सबैकुरा बुझ्नै नसक्ने आफ्नै कमजोरीबीच प्रेम गर्न जान्ने । अनि व्यवहारबाट सम्बन्ध जोगाउन खोज्ने स्वभावले मन छोएको दर्शकले बताए।


दर्शकले चारैतिर बाट घ्रा हाल्ने क्रममा एकातिर गौँथली अर्कोतर्फ ठू्रलेलाई दर्शकले गायब नै बनाएका थिए । लाग्थ्यो गौँगली र ठूले कतै अपहरणमै त परेनन् ।
‘गौँथली’ लाई हेनेहरुले अत्यन्तै जीवन्त, मौलिक र भावनात्मक टिप्पणी पछि दर्शकबाट पाएको अपार माया र विश्वासले आफूहरू थप जिम्मेवार बनेको र आफ्नो लागि सबैभन्दा ठूलो सम्मान यही भएको बताएका थिए।

दृष्यले हलमा पुगेर टिकेट किन्नु अनि फिल्म हेर्नुमात्र थिएन । कलाकार र दर्शकबीच जोडेको आत्मीय अनि गाढा सम्बन्ध थियो। हलमा निर्माण पक्ष पनि निकै खुसी देखिन्थे ।
हेटौंडाको एनएसमा दर्शकसँगको भेटघाटले —‘गौँथली’ चलचित्र होइन, दर्शकको सम्झना, अनुभूति र कुराकानीको हिस्सा हो भन्न सकिन्छ । फिल्मले सबैको मन जितेको छ । कलाकार खड्का र क्षेत्रीसँगै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले थप बुट्टा भरेका छन् । सबैको साथका कारण पनि अहिले गौँथली र ठूले दर्शकको नजरमा पर्न सकेका छन् ।
डा। रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेको छ ।
हलमा दर्शकको उल्लेखनीय उपस्थिति कायम अधिक उत्साह दर्शकको सकारात्मक प्रतिक्रियाले ‘गौँथली’अझ सशक्त दर्शकले साथ दिने अपेक्षा निर्माण टोलीले गरेको छ।

















प्रतिक्रिया दिनुहोस्