बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्ती भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो खेलमा एन आर टी भेट्रान्स काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहीबार हेटौंडा–१६ हटिया रङ्गशालामा भएको क्वाटर फाइनल खेलमा एन आर टी भेट्रान्स काठमाडौँले बगरभाई क्लबलाई १–० गोलले पाछि पार्दै सेमिफाइनलमा पुगेको ।

एन्आरटी काठमाडौँको तर्फबाट दोस्रो हाफको ३२ औँ मिनेटमा नरेन्द्र श्रेष्ठले १ गोल गरे । त्यस्तै बागरभाईको टिमले पेनाल्टी मार्फत गोल गर्ने अवसर पाए पनि चुकेको कारणले क्वाटर फाइनल खेलबाट बहिरीनु पर्यो ।

खेलको म्यान अफ द म्याच निर्णायक गोल कर्ता श्रेष्ठ बन्न सफल भए ।

 

अब ३ बजे नागस्वती भेट्रान्स र अभिषेक चर्च बिच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलको विजेता टिमले फाइलको यात्रा तय गर्ने छन् ।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता समुहले नगद २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा फाइनल गेम असोज२० गते हुने छ ।