Rato Samachar
Sun, 26 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाचार

आदिवासी राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ मा उहाँले नेपालको राष्ट्रियताको आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूको अधिकार र पहिचानका लागि विशेष महत्व दिनुपर्ने धारणा राख्नुभयो । महामन्त्री थापाले नेपालको जातजाति, भाषाभाषी, संस्कृतिको विकास नभएसम्म मुलुक समृद्ध नहुने भन्दै समानुपातिक समावेशिताको नीतिअनुरुप नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसका आदर्शवादी नेता भीमबहादुर तामाङको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिन’ नारालाई आत्मसात् गरेर जनजाति आन्दोलनलाई अघि बढाउनुपर्ने खाँचो औँल्याउँदै सङ्गठनलाई क्रियाशील बनाएर विचार निर्माण गर्ने नयाँ अभियानमा भूमिका खेल्न आग्रह गर्नुभयो । नेपालको आदिवासी आन्दोलनमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसको स्थापना र प्रजातान्त्रिक आन्दोलनका दौरानमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको बताउनुभयो । नेता थापाले आगामी मङ्सिर ४ गते घोषित आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन आवश्यक तयारीस्वरुप यही साउन ३० र ३१ गते देशभरका स्थानीय तहका प्रमुखलाई राजधानी बोलाएर प्रक्षिण दिइने तथा भदौ २ गते देखि २४ गतेसम्म कांग्रेसका सबै नेतालाई जिल्लामा पठाउने पार्टीले निर्णय गरेको पनि जानकारी दिनुभयो । कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन र हकहितका विषयमा सबै आदिवासी समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा बढीभन्दा बढी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि सबै सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जातीय विविधता र संस्कृति नेपालको पुँजी हो भन्दै समानता र समावेशीकरणको सिद्धान्तअनुरुप आदिवासीको हित प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताउनुभयो । प्रवक्ता महतले कांग्रेस हरेक नागरिकको अधिकार र लोकतान्त्रिक मूल्यमान्यतासहितको कानुनी शासनप्रति विश्वास राख्ने पार्टी रहेको भन्दै नेपालको पहिचानका रुपमा रहेका आदिवासी जनजातिको अधिकारका लागि आगामी दिनमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले नेपाल सबै जातजाति र समुदायको साझा फूलबारी भएको भन्दै राज्यबाट प्राप्त हुने सबैखाले अवसर र सेवामा समानुपातिक सहभागिताको सुनुश्चितता हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेस नेता दिलमान पाख्रिनले कांग्रेसले आदिवासी जनजातिलाई समेटेर पहिचान भेटिने र द्वन्द्व मेटिनेगरी अधिकार र पहिचानको मुद्दालाई प्रभावकारीरुपमा अघि बढाएको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामाले आदिवासी जनजातिको अधिकार र पहिचानका लागि राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । अर्का केन्द्रीय सदस्य सीता गुरुङले आदिवासी जनजातिको हितमा वर्तमान सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै अघिल्लो सरकारले कटौती गरेका आदिवासी दिवसको बिदा अहिलेको सरकारले क्यालेन्डरमै समावेश गरेर आदिवासीप्रति सम्मान प्रकट गरेको बताउनुभयो । कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, नेता अमरसिंह पुन, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङशेर्पा लगायतले आदिवासी जनजातिको पहिचान र अधिकारलाई स्थापित गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा विभिन्न जातीय पहिचान झल्किने झाँकी प्रस्तुत गरिनुका साथै आदिवासी समुदायको गीतसङ्गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । सोही अवसरमा शेर्पा समुदायको तर्फबाट कांग्रेस महामन्त्री थापा र सहमहामन्त्री आङ्देम्बेलाई सम्मान गरिएको थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

s

Guida ai migliori casino online non AAMS per giochi live

Guida ai migliori casino online non AAMS per giochi live

Mostbet kod promocyjny vs. tradycyjne promocje bukmacherskie

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology