मकवानपुरगढी गाउँपालिकाका निर्वाचित जनप्रतिधिहरुले पदभार ग्रहण  गरिसकेका छन् ।
जनप्रतिनिधिहरुले पहिलो निर्णय बिपन्न,घाईतेलाई सहयोग र गाउँपालिका उपाध्यक्ष शैक्षिक कार्यक्रम लागु गर्ने जनाएका छन्।

गाउँपालिका अध्यक्षमा निर्वाचित दोर्जेलामा स्याङ्तानले पदभार ग्रहण गर्दै बिपन्न र घाईतेलाई सहयोग गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
नागरिक आबास कार्यक्रम अन्तरगत खरको छाना मुक्त गर्न छुटेका परिवारहरुमध्ये वडा नम्बर ५ का सुक लाल भ्लोनको परिवारलाई जस्तापाता उपलब्ध गराउने बताए ।
गढी १ का भिमसेन थोकर लडेरघाइते भएका र उपचारमान आर्थिक अबस्था नाजुक भएकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरे ।
गाउँपालिका उपाध्यक्ष निर्वाचित मानकुमारी पाख्रिनले पदभार ग्रहण गर्दै लक्षित समुदायका छात्राहरुलाई सहजिकरण गर्ने जनाइन् ।
गाउँपालिका उपाध्यक्ष शैक्षिक कार्यक्रम लागु गर्ने निर्णय सुनाउदै कार्यक्रम अन्तरगत प्रत्येक वडाबाट लक्षित समुदायका १०, १० जना गरी गाउँपालिका भरिका ८० जना छात्राहरुलाई बार्षिक ८ लाख बजेट बिनियोजन गरि शिक्षामा खर्च गरीने गरि कार्यान्वयन गराईने बताइन् ।