हेटौंडा उपमहानगर २ मा कांग्रेसका गठबन्धनबाट वडाध्य क्षमा निर्वाचित  विष्णु गोपाल महर्जनले सबैमा धन्यबाद व्यक्त गरेका छन् ।
वडाध्यक्षका  विजयी महर्जनले १२५८ मत प्राप्त गरे ।

उनको प्रतिद्धन्दि एमाले तर्फका हरि बहादुर राउतले ८७४ राप्रपाका किशोर चन्द्र ढकालले ५५६ मत स्वतन्त्र धारा चुनाव चिन्हका उम्मेदवार सुदिप राजवहाकले ३०१मत पाएका थिए ।
राउतलाई ३८४ मतान्तरले महर्जन विजयी हुन् सफल भए ।
जित हासील गरेपछि महर्जनले वडा परिक्रमा गरेका छन् । परिक्रमाकै क्रममा वडामा गर्नुपर्नेकाम इमान्दिारी पुर्वक काम गर्ने प्रतिवद्धता जनाउदै सबैमा धन्यवाद व्यक्त गरे

त्यस्तै महिला सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी तारा ढुंगाना, दलित महिला सदस्यमा काँग्रेसकी मैयाँ परियार, खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका इन्द्र प्रसाद रिजाल र काँग्रेसका सुरज बर्तौला बिजयी भएका हुन् ।

तारा ढुंगाना १३६२ दलित म. स मैयाँ परियार १२५५ खुल्ला सदस्य इन्द्र प्र . रिजाल ११७३ र खुल्ला सदस्य सुरज बर्तौला १२२६ मतले विजयी भएका छन् ।

बैसाख ३० गते  सम्पन्न स्थानीय तहको आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

निर्वाचनको मत गणना जारी छ।