काठमाडौं महानगरपालिकामा ५६ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार मात्र ३५ जना छन् भने दलबाट जम्मा २१ जनाले उम्मेदवारी दिएका छन्।

यस्तै उपमेयरमा उम्मेदवारी दिएका ३१ जनामध्ये १९ जना स्वतन्त्र उम्मेदवार हुन्। मेयर र उपमेयरमा दलिय भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी छ। तर चर्चा दलिय उम्मेदवारहरुकै बढी भइरहेको देखिन्छ। जबकी कुनैपनि पक्षबाट दलिय उम्मेदवारको तुलनामा अधिकांश स्वतन्त्र उम्मेदवार कमजोर देखिदैनन्।

काठमाडौंका मेयरका उम्मेदवारहरु अन्य महानगरपालिकाको तुलनामा बढी चर्चित छन्। सत्ता गठबन्धन र प्रतिपक्षी दलकोतर्फबाट उठेका उम्मेदवार चर्चा हुनु स्वभाविक हो। तर, स्वतन्त्र र अन्यपार्टीबाट उठेका केही उम्मेदवारहरुको पनि चर्चा छ। स्वतन्त्रतर्फ पनि महानगर हाँक्न सक्ने उम्मेदवार नभएका होइनन्, छन्। र, उनीहरुको चर्चा पनि छ। तर जितको नजिक दलिय उम्मेदवार भएकाले स्वतन्त्र उम्मेदवारहरु छाँयामा छन्।

महानगरमा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका केशव स्थापित, गठबन्धनको समर्थनमा उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंह, साझा विवेकशील पार्टीकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाहलाई मेयर पदको मुख्य प्रतिस्पर्धीकोरुपमा हेरिएको छ। अन्य मेयर उम्मेदवारहरुको तुलनामा यीनीहरुको चर्चा बढि छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका मदनदास श्रेष्ठ पनि यस दौडमा सामिल छन्। त्यस्तै सबैभन्दा धेरै पटक रक्तदान गरेका स्वयंसेवी तथा रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य पनि मेयरका उम्मेदवार बनेका छन्।

स्वतन्त्र मध्येका एक बालेन्द्र शाह ९बालेन० ले नागरिक न्यूजलाई आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउँछन्। युवा पुस्तामा यीनको चर्चा सुनिन्छ। उनले नयाँ पुस्ताको चिन्ता गरेर पुरानो पुस्तालाई मतदान गर्न नहुने तर्क गर्छन। ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु, नयाँ पुस्ताको चिन्ता। अहिलेको पुस्ताले परिवर्तन ल्यायो। जनताको छोराछोरी शासनसत्तामा पुग्ने भए। अब छोराछोरीको भविष्यको चिन्ता छ’, उनी भन्छन्, ‘शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ। आशा छ, नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिनुहुन्छ।’

यता नेपाल पार्टीबाट उम्मेदवारी दिएका कर्माचार्य मुख्य दलका प्रतिनिधिहरुले काम गर्न नसकेपछि केही गर्छु भनेर आफू मेयरको प्रतिस्पर्धामा उत्रिएको बताँउछन्। ‘अन्यदलका प्रतिनिधिहरुलाई हामीले धेरै सहयोग गर्‍यौं, तर ती प्रतिनिधीहरुले प्रभावकारी काम गर्न सकेनन्। समान्य भन्दा समान्य काम पनि नभएको देख्दा आफैँले उम्मेद्वारी दिएको हुँ,’ उनले भने। काठमाडौंमा गर्नै पर्ने कामहरुको विषयमा उनले ३२ बुँदे समाधान पत्र जारी गरेका छन्।

जसमा आगलागी नियन्त्रणका लागि भित्री शहरमा पाइप लाईन विस्तार गर्ने, निशुल्क एम्बुलेन्सको व्यवस्था, अनलाइन बैठक गर्ने, डिजिटल प्रशासन बनाउने, सांस्कृतिक शहर निर्माण गर्ने, व्यक्तिगत घटना दर्ताका आवश्यक कागजात घरमै पुर्‍याउने, सुकम्बासी समस्या समाधान गर्ने, निःशुल्क सार्वजनिक शौचालय, सार्वजनिक स्थलमा निःशुल्क खानेपानी, ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रको स्थापना, दीर्घरोगीलाई घरघरमा स्वास्थ्य परीक्षण जस्ता अजेण्डालाई उनले समाधान पत्रमा उल्लेख गरेका छन्।

काठमाडौंका मेयर पदका अर्का उमेद्वार हुन् नेपाल परिवार दलका केन्द्रीय सदस्य डा।पियारत्न महर्जन। सामाजिक शिक्षामा विद्यावारिधी गरेका महर्जनले अन्य मुलुकको सहरहरुको तुलनामा काठमाडौंको अपेक्षित विकास हुन नसकेकाले आफुले उम्मेदवारी दिएको उनी बताउँछन्।

‘काठमाडौंमा भ्रष्टाचाररहित नेतृत्वको आवश्यकता छ र त्यसको लगि म उपयुक्त उम्मेद्वार हो भन्ने लाग्छ, महर्जनले भने। उनले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौंलाई प्रविधिमैत्री सहर बनाउने, ढल व्यवस्थापन गर्ने, काठमाडौंलाई संग्रहालयको रुपमा विकास गर्ने, फोहोरलाई मोहोरमा परिणत गर्ने, विद्युतिय सवारीसाधन तथा मेट्रोरेल सञ्चालन गर्ने लगायतका ११ वटा ऐजेण्डाहरु उल्लेख गरेका छन्। यस्तै स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिएका अर्का व्यक्ति हुन् शुशिल थापा क्षेत्री। ‘हिलिङ्ग काठमाडौं’ अर्थात् महानगरको पुर्नजिवन भन्ने स्लोकसहित उनी अगाडि बढेका छन्। ‘काठमाडौंको मुटु, कलेजो, फोक्सो सबै बिरामी छ, सम्पदाहरु टावरले छोपिएका छन्, बजेटको व्यवस्थापकीय पक्ष कमजोर छ, यी सबै क्षेत्रको पुर्नजीवनका लागि नै मेरो उम्मेदवारी हो’, थापाले भने।

काठमाडौं महानगरपालिकामा एउटै पार्टीका उम्मेदवारले ५ वर्षसम्म के(के परिवर्तन गरे, र अब पनि त्यही पार्टीका अर्का प्रतिनिधिले परिर्वतन् ल्याउँछन् भनेर आश हामीले गर्ने हो ररु’, उनले भने, ‘काठमाडौंमा वास्तविकरुपमा परिर्वतन ल्याउन, दलको भन्दापनि विकास गर्न सक्ने, शैक्षिक र व्यवस्थापकीय योग्यता भएको व्यक्तिको खाँचो छ, र म त्यसको लागि एक योग्य उम्मेदवार हुँ जस्तो लाग्छ।ु

स्वास्थ्य क्षेत्रमा विगत ३० वर्षदेखि क्रियाशिल थापाले गुणस्तर व्यवस्थापन प्रणालीको ६ सिग्मामा ‘ब्लाक बेल्ट’ प्राप्त गरेका छन्। उनले आफुले मेयर पदमा जितेमा १२ महिनामा १६ वटा काम गर्ने गरी ४ खब्बे नीतिसहितको योजना बनाएका छन्।

प्रदुषण ४० प्रतिशतले घटाउने, ‘जिरो वेस्ट म्यानेज्मेन्ट सिस्टम’ लागु गर्ने, ३२ वटै वडामा सफा शौचालयको व्यवस्थापन गर्ने, खुल्ला व्यायाम स्थल सञ्चालनमा ल्याउने र यी सबै काम गर्न क्षेत्र अनुसारको १५ जना विज्ञहरुको सल्लाह बमोजिम काठमाडौंको विकास गर्ने योजना रहेको उनले बताएका छन्।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो