बहुप्रतिक्षत वलिउड फिल्म ‘रामायणः राइज अफ अ लेजेन्ड’  (पार्ट वन) विहिबारदेखि प्रर्दशन हुने भएको छ ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार फिल्मले प्रर्दशन अघि नै भारतीय बक्स अफिसमा पहिलो पाँच दिनको एड्भान्स बुकिङबाट लगभग ९६.५६ करोड भारु ग्रस कलेक्सन गरेको छ ।

 

…………………………………………………………………..

यस फिल्मलाई हेटौंमा NS cinemas, Narayani Mall Hetauda -4 हेर्न सकिन्छ ।
थप जानकारी लिन 057-520949 फोन गर्न सकिन्छ ।

………………………………………………………………….

 

पौराणिक ग्रन्थमा आधारित फिल्मको बजेट र निर्माण टोलीको आकारले यो फिल्म कति भव्य होला भन्ने चासोमा फिल्ममा जोडिएका प्राविधिक टोली, संगीत, भिएफएक्स र स्टारका कारण हलचल मच्चिएको हो।
नितेश तिवारीको निर्देशन नमित मल्होत्राको निर्माणमा भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित फिल्म निर्माण गरेको भन्दै फिल्ममा रणवीर कपुर, साई पल्लवी र यश मुख्य भूमिकामा उतारिएको छ । फिल्मको कथा तथा पटकथा श्रीधर राघवन र नितेश तिवारीले तयार पारेका हुन् । नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएसन्सको सहकार्यमा फिल्म निर्माण भएको हो ।

दुई भागमा निर्माण भएको ‘रामायणः राइज अफ अ लेजेन्ड’  पहिलो भाग हो भने यसमा बलिउड देखि साउथका चर्चित कलाकारहरुको दमदार अभिनय रहेको निर्माण पक्षले उल्लेख गर्दै आइरहेका हुन् । महाकाव्य रामायणको कथामा निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय अनुसार
कथाका महत्त्वपूर्ण घटना, सम्बन्ध, रामको जीवन, वनवास, सीता हरण र राम–रावणबीचको द्वन्द्वको युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्न १ भागमा मात्र कठिन भएकाले २ भागमा उतारिएको मान्न सकिन्छ ।
कलाकारको कुरा गर्नेहो भने रणवीर राम, दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा र ‘केजीएफ’बाट चर्चामा आएका यशलाई भूमिकामा उतारिएको छ ।

जटायुको विशाल स्वरू कुनाल कपुर बलिउड अभिनेता सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा देखिएका छन् । अनुपम खेरले जटायुको स्वर दिएका छन् । यसअघि रामानन्द सागरको टेलिशृङ्खला ‘रामायण’मा रामको भूमिकाबाट चर्चित भएका अरुण गोविल राजा दशरथको भूमिकामा छन् ।

संगितको कुरा गर्नेहो भने हलिउडका ह्यान्स जिम्मर र भारतीय संगीतकार एआर रहमानले पहिलोपटक यस फिल्मका लागि सांगीतिक सहकार्य गरेका छन् ।
फिल्मको पहिलो भाग नोभेम्बर ५, २०२६ मा विश्वभर प्रदर्शन हुँदैछ भने भारतमा हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा प्रदर्शन गर्ने तयारी भएको हो । अन्तर्राष्ट्रिय बजारमा अंग्रेजी भाषामा समेत उपलब्ध गराइनेछ । लगभग ४ हजार करोड भारुमा बनेको फिल्म ‘रामायण’ कस्तो होल?  परिक्षाको घडि भने आउने संघारमै छ ।