हेटौंडा फुटबल एकेडेमीको महिला खेलाडीहरु ।

हेटौंडा । कमाने फुटबल एकेडेमीको आयोजनामा हेटौंडा–८,कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी ८ ए साइट महिला फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडा फुटबल एकेडेमीको महिला टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको क्वार्टरफाइनल चरणको दोस्रो खेलमा चितवन जिल्लाको हेल्पफुल साइमन स्पोर्टस् क्लबलाई १–० गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले आन्तिम ४ मा प्रवेश गरेको हो । हेटौंडा फुटबल एकेडेमीको जितमा सुम्सिता घिसिङले निर्णायक गोल गरेकी थिइन् ।

खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता घिसिङनै घोषित भइन् । प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिााले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेल कार्तिक १ गते हुने आयोजकले जानकारी गराएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी