हेटौंडा – बिश्वकै सबैभन्दा ठ्रलो लामो र विषालु सर्प किङ्ग कोब्रा को टोकाइमा परेर पश्चिम बंगालको कालिम्पोङ जिल्ला स्थित निमबोङ गाउँका ७४ वर्षीय आनन्द बराइली एक वृद्धको मृत्यु भएको छ।
बिभिन्न स्थानमा सामाजिक सञ्जाल र सर्वजनिक भिडियो बंगालकै अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ओछ्यानभित्र भेटिएको किङ्ग कोब्रा समातेका थिए । समात्ने प्रयास गर्दा सोही सर्पले उनलाई टोकेको थियो।
WARNING – Please do not try this at your home because this is very risky. The following action should be performed by trained professionals only.
किङ्ग कोब्रालाई (राजगोमन र कालीनाग ) पनि भनिन्छ । किङ्ग कोब्रा जसले सर्पलाईनै खाने गर्छ । यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । यसको एकपटकको टोकाइमा करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्न सक्छ । जसलाई देख्नसाथ बाघ हात्ती जस्ता ठूला जनावहरु पनि पछि सर्छन । यसमा हुने विष अर्थात भेनम न्यूरोटक्सिक भेनम अत्यन्त घातक हुन्छ । तर, मानिसहरुबाट सकेसम्म टाढा बस्न रुचाउँने एकदमै शान्त अनि बुद्धिमान सर्प हो । हत्तपत्त मानिसहरुलाई टोक्न खोज्दैन । जसले टोक्दैन र टोकेमा जिवित रहेको घटना विरलै छ ।
……………………………………………………………………………………………………………………………………………..
स्थानीय बासिन्दाहरूले उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए। तर, उनलाई बचाउन नसकिएको भनिएको छ ।
बिभिन्न सामाजिक सञ्जालमा लेखिए अनुसार ओछ्यानभित्र किङ्ग कोब्रा सर्प फेला पारेपछि मादक पदार्थ सेवनमा लठ्ठ भएर समातेर त्यसलाई चलाउने प्रयास गरेको भएर डसाई भएको मानिएको छ ।
बंगालकै सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार वर्षातको समयमा विषालु सर्प किङ्ग कोब्रा देखापरेपछि आनन्द बराइलीले भने डर नमानेर सर्पलाई समात्ने प्रयासमा ज्यान गुमाएको उल्लेख गरिएको हो। कुनै प्रशिक्षण बिना किङ कोब्रालाई समातेर घाँटीमा बेरेर गाउँको मुख्य सडकमा हल्ला गर्दै “मेरो घरमा किन किङ्ग कोब्रा ?” भनेर सर्पलाई देखाउँदै हिडेका हुन् । वरिपरि मानिसहरू जम्मा भएर डराएर टाढैबाट दृश्य हेरिरहेको अवस्थामा सर्प हातबाट फुत्किएर किङ कोब्राले अचानक उनको खुट्टामा डसेको उल्लेख छ । किङ्ग कोब्रा को डसाइपछि पनि आनन्दले समातेर सडकको बीचमा बसेका थिए। केही समयमै उनको शारीरिक अवस्था बिग्रिएर ढलेपछि अस्पताल लगिएपछि चिकित्सकहरूले उनको मृत्यु भएको बताए। प्रशिक्षणबिना साहस देखाउँदै गरेर ज्यान गएको उल्लेग गरिएको हो ।
यस घटनाले —वन्यजन्तु जतिसुकै शान्त देखिए पनि साहस देखाउनु मुर्खता हुने र विना प्रशिक्षण विषालु सर्पहरु बस्तीमा वा घरमा पसेमा आफैं समात्ने नगरेर वन डिभिजन वा सर्प उद्धारकर्तालाई खबर गर्नु नै सुरक्षित उपाय हुने भनिएको हो ।
……………………………………………………………………………………………………………………………………………..
……………………………………………………………………………………………………………………………………………..
समाचार
‘আমার ঘরে কেন?’, খালি হাতে সাপ ধরে প্রলাপ বৃদ্ধের! পরমুহূর্তেই কিং কোবরার ছোবলে মৃত্যু
किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”



















प्रतिक्रिया दिनुहोस्