हेटौंडा – विश्व स्वास्थ्य संगठनको अनुसार वर्षेनी नेपालमा सर्पको टोकाइबाट हरेक वर्ष ४० हजार मानिस प्रभावित हुने गरेका छन् । जसमा तीन हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण -एनडीआरआरएमए) को पछिल्लो दश वर्षको तथ्यांकअनुसार देशभर सर्पदंश घटनामा पर्नेहरु ४२ प्रतिशत महिला र २२ प्रतिशत बालबालिका रहेका छन् ।
नेपालका तराई देखि हिमाली क्षेत्रसम्म बिभिन्न प्रजातीका सर्पहरु भेटिने गरेका छन् भने नेपालमा गरिएका अध्ययन अनुसार ८९ प्रजातिका सर्प त्यसमा १७ प्रजातिका सर्प बिषालु भेटिएको छ ।
वर्षतको समय सुरु भएसँगै फागुन महिना देखि भाद्रसम्म पानी पर्न थालेपछि शितल छाँया र आहारा खोजेर सर्प निस्कनेर मानिसको घरवारीमा आइपुछ । सोहीक्रममा घरभित्र पसेर बिभिन्न स्थानको कुनाकाप्चामा बस्नेहुँदा सर्पलाई नदेखिएर सानो दख्खल परेपछि सर्पदंशबाट मानिस प्रभावित हुने गर्छन् । नेपालमा विशेषतःसर्पको टोकाइबाट बढी तराई भेगमा मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । सर्पदंशका कारण अधिकांश गरिब र अशिक्षित परिवारका सदस्यहरू घटनामा परेर ज्यान गुमाएका छन् ।
विषाल् सर्पहरुमा करेत, कोब्रा, ग्रिनपिट भाइपर सर्पले टोक्ने गरेको र कोब्राले टोकेमा ३० देखि ४० मिनेटभित्र उपचार नपाएमा बिरामीको ज्यान जान्छ । त्यस्तैगरि करेतको टोकाइमा दुखाइ नहुने र घाउ सानो हुने भएकाले थाहा नै हुँदैन । यसको टोकाइमा २ घण्टाभित्र उपचार भइसक्नूपर्छ । ग्रिनपिट भाइपर अर्थात हरेउले टोकेको अवस्थामा केही हुदैन भन्दै उपचारमै नगएका कारण समस्या निम्तिएको चिकित्सकहरु बताउँछन् । विषालु सर्पले टोकेको अवस्थामा बिष शरीरमा फैलिने क्रम सुरु हुन्छ ।
विषको प्रकार अनुसार (हेमोटक्सीक) र (न्युरोटक्सिक) त्यही अजुसार दिमागमा, रगतमा र मुटुमा फैलिसकेको अवस्थामा तत्काल सर्पदंस उपचार केन्द्र या सरकारी अस्पताल पुर्याउन ढिला भयोभने उपचारमा कठिनाइ हुने र ज्यान जाने सम्भावान हुन्छ ।
मकवानपुरमा पनि सर्पदंशबाट प्रभावित
मकवानपुरमा पनि सर्पको टोकाइमा परेपछि उपचारमा हेटौंडा अस्पताल आइपुग्नेहरुको संख्या २०८२ साउन देखि २०८३ असार मसान्त सम्म ६२ जना छन् । २०८३ साउन र भाद्र महिनामा २३ जना २०८३ भाद्रसम्मको घटना हेर्दा ८५ जना रहेका छन्।
हेटौंडा अस्पतालले दिएको जानकारी अनुसार २०८२ साउन देखि मासिकको गणनामा साउनमा २, भाद्रमा ५, असोजमा ११, कार्तिकमा ९, मंसिर ० पुषमा १, माघमा ० फागुनमा, २ चैत्रमा ३ जना छन् । २०८३ बैसाखमा ६, जेठमा ९, असारमा १४ जना छन् । आर्थिक वर्ष २०८३ सुरु भएसंगै साउनमा १४ र भाद्र २९ घटनाका बिरामी आएको अस्पतालले जनाएको हो ।
मकवानपुरमा भेटिएको सर्पहरु मध्य विषालु सर्पको टोकाइमा अधिकतम ग्रिनपिट भाइपर को रहेको छ । त्यस्तैगरि करेत, कोब्रा, अनि किङ कोब्राले १ जना सर्प उद्धारकर्ता राजेश गरिबलाई टोकेको घटना छ । अधिकतम महिला, पुरुष अनि बालबालिका भने न्युन रहेका छन् । कतिपय सर्प पहिचान गर्न नसकेको अवस्था रहेको अस्पताल पक्षले जनाएको हो ।
हेटौंडा, मकवानपुरको बकैया, बागमती, भिमफेदी लयातका स्थानहरुबाट उपचारका लागि हेटौंडा अस्पतालमा आएका छन् ।
सर्पदंश घटना – उपचारमा हेटौंडा अस्पतालको चासो
तराईका जिल्लामा जस्तै सर्पदंशका अधिक घटना नभएपनि केही घटनाको आधारमा हेदा मकवानपुरमा सर्पको टोकाइमा पर्नेहरु अन्यौलमा पर्ने गरेका थिए । अस्पताल आइपुगेपनि निकै समस्या देखिएको थियो । हाललाई हेर्दा अस्तालमा सर्पदंश घटनामा उपचार गर्न चासो बढाएपछि उपचार सेवा लिइरहेका छन् । हेटौंडा अस्पतालमा उपचारका लागि आएकाहरुलाई हेर्दा हेटौंडा उपमहानगर क्षेत्रको वडाहरु १,१८,५,९,१५ मकवानपुरको बकैया, बागमती लयातका स्थानहरुबाट आएका छन् ।
सर्पको टोकाइमा परेको विरामी आउन साथ तत्काल उपचार प्रक्रिया अघि सारेर भेनमस् नन् भेनमस अनि मात्र कुन प्रजाति सर्प हो या के हो भन्ने तर्फ लाग्ने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका चिकित्सकहरुलाई उपचार पद्धती जानकारी भएतापनि बिभिन्न चुनौती, अवरोध देखाएर हेटौंडा अस्पतालबाट अन्य स्थानमा पठाउनमा व्यस्त देखिने गरेका थिए ।
सर्पदंशको घटनामा पर्नेहरुलाई तत्काल उपचार आवाश्यक भएतापनि हेटौंडाबाट अन्यत्र जानुपर्ने बाध्यतको विषय बनेको थियो
मकवानपुरमा रहेर सर्प उद्धारमा समेत सर्प उद्धार समेत गरिरहेका सञ्चारकर्मी राजेश गरिब र रोशनदिपले विषालु सर्प भेटिएपछि सर्पदंश घटना पर्नेहरुको हेटौंडा अस्पतालमा उपचारमा अधिक लागि चासो लिनुपर्ने भन्दै आवाज उठाएका थिए ।
हेटौंडा अस्पताल मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाँइले चासोमा राखे । हेटौंडा अस्पतालमा सर्पदंश सम्बन्धी उपचार पद्धती अधिक चुस्तदुरुस्त बनाउन अभिमुखिकरण कार्यक्रममा गर्दै अस्पतालमा कार्यरत डा. हरिबहादुर खड्काले बुँदागत जानकारी सहित सर्पदसको बिरामी आउन साथ गरिने व्यवहार, कस्तो अवस्थामा कुन औषधी चलाउने के सम्म गर्न सकिन्छ भन्ने विषयमा प्रसिक्षण दिएका थिए ।


हेटौंडा अस्पतालमा खटिएका अधिकांस चिकित्सक, डा., स्वास्थ्यकर्मी संगै सर्प उद्धारकर्ता राजेश गरिब र रोशन दिप लगायतको उपस्थितिमा कार्यक्रममा गरिएपछि अधिक चासोमा राखिएको हो ।
बागमती प्रदेशको राजधानीमै रहेको अस्पतालबाट बिरामीहरु बिना उपचार अन्य जिल्ला पठाइहाल्नु भन्दा उपचारमा पर्ने थप चुनौतीको समाना गरेर भएपनि पचार पद्धती बलियो बनाउने उद्देश्य सहितको कार्यक्रम उपलब्धिमुलक भएको डा. हरि बहादुर खड्काले बताए ।
हेटौंडा अस्पतालबाट अन्य स्थानमा पठाउने समस्या हालको अवस्थामा निकै घट्दो क्रम भएको र अस्पताल आइपुगेपछि उपचार पद्धतीमा अस्पताल निकै सक्रिए हुने गरेको डा. खड्काको भनाई छ । सर्पको टोकाई सबैभन्दा संकट डर, उपचारकालागि अस्पतालमा ढिला पुग्नु र गलत प्रक्रिया भएकाले सबैभन्दा छिटा अस्पताल पुग्ने र उपचार पद्धती प्राप्त गरे ज्यान जोगिने अधिक सम्भावाना हुने गरेको डा. खड्काले बताए । यसकारण पनि रत्तिपनि ढिला नगरेर उपचार गरिन्छ “डा. खड्काले भने ।”
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान – रजिष्ट्रार भिमसागर गुरागाँई के भन्छन ?

यसैक्रममा पछिल्लो समय सर्पदंसको घटनामा परेकाहरुको उपचारमा अधिक चासो राखिने गरेको हेटौंडा अस्पताल मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाँई बताउछन् ।
सर्पदंशको घटनामा उपचारका लागि आकास्मिक सेवा, एचडियु, आइसियु र बालबालिकाका लागि एनआइसिय, पिआइसियु लगायतमा विषेश प्राथामिकतमा रखिएको गुरागाँइर्ले बताएका हुन ।
समयमा हेर्नेहो भने उपचारका लागि हेटौंमा उपचारको विश्वास सँगै सर्पदंश उपचारका लागि पनि विश्वास थप भएको बताए । उनले बताए अनुसार अहिलेको अवस्थामा सर्पदंश उपचारका लागि आवाश्यक औषधी आवाश्यक्ता अनुसार एनटी स्नेक भेनम समेत व्यवस्था रहेको छ । उपचार पद्धतीमा अधिक चासो बढाएपछि मकवानपुरका सर्प उद्धारकर्ता राजेश गरिबलाई किङ कोब्रा सर्पले टोकेको अवस्थामा समेत उपचार गर्न सफल भएको रजिस्ट्रार गुरागाई बताउँछन् ।

किङ कोब्राको टोकाइको पछिल्लो घटनाको बिरामी राखेर उपचार गर्ने हिम्मत गरेपछि आएको प्रतिक्रियाले उपचार पद्धतीमा हेटौंडा अस्पताल प्रति थप विश्वास बढेको प्रतिष्ठानका रजिष्ट्रार गुरागाँईले बताए । उपचारमा अस्पताल एकदमै सक्रिय हुन्छ । तर, जसले बिरामी लिएर आउनुहुनुहरुले पनि अझै साथ दिन र सर्पले टोकेको घटनामा तत्काल अस्पताल आइपुग्न समेत आग्रह गरे ।


















प्रतिक्रिया दिनुहोस्