हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५,मा वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । बिहीबारबाट वडाको साविक वडा–३ देखि वडा–९ को सहभागितामा प्रतियोगिता सुरु भएको हो । बिहीबारबाट सुरु भएको प्रतियोगितामा साविक चुरियामाई १–० गोलले चुरियामाई–५ ले पराजित गरेको थियो ।

हेटौंडा–१५,स्थित टोल विकास नगर समन्वय समितिका अध्यक्ष सिंह विश्वकर्माको सभाध्यक्षमा तथाा वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्धाटन भएको हो ।

उद्धाटन कार्यक्रममा वडा सिह बहादुर लो,मिनु बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी