हेटौंडा । बागमती प्रदेशकी नवनियुक्त मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । बागमती प्रदेश प्रमुखको उपस्थितिमा उनले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

शपथ ग्रहण कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सरकारका उच्च पदाधिकारी, न्याय क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । मुख्यन्यायाधिवक्ता बस्नेतले संविधान, कानून र विधिको शासनको संरक्षण गर्दै प्रदेश सरकारलाई प्रभावकारी कानुनी परामर्श प्रदान गर्ने तथा न्यायिक प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

रातो समाचार संवाददाता
थप जानकारी