हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७,स्थितनागस्वतीका जेनजी युवा पुस्ताले दीपप्रज्जवलन कार्यक्रमको आयोजना गरेको छन् । गत भदौ २३ र २४ गते देशव्यापी रुपमा जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरूलाई सम्झिँदै शनिबार नागस्वती चोकमा जेनजीका युवा पुस्ताले दीपप्रज्जवलन गरेको हुन् ।
भ्रष्टचार, अनिमियता विरुद्ध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा आन्दोलन गर्ने क्रममा ज्यान गुमाएका सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरूको बलिदानलाई स्मरण गर्न करिब १०० जना भन्दा बढीको सहभागितामा दीप प्रज्जवलन गरिएको थियो ।
कार्यक्रममा सहभागी युवाहरुले सहिदहरूको बलिदान व्यर्थ नजाओस् भन्दै आगामी दिनमा स्थानीय तहमै सुशासन र सुधार ल्याउन आफ्नो प्रतिवद्धता जनाएका छन् । सहभागी युवाहरुले दीपप्रजज्वलन कार्यक्रमलाई श्रद्धाञ्जलीमा मात्र नभई स्थानीय सरकारलाई सन्देश दिएको बताएका छन् ।
उनीहरुले भने “हामीले गुमाएका साथीहरूको बलिदानलाई व्यर्थ हुन दिनेछैनौं। घरघरबाटै परिवर्तनको थालनी हुनेछ ।“ निशान भण्डारी, सुमित पुडासैनी, सुशान्त पुडासैनी, अबिन सापकोटा, विवेक फुँयाल, उज्ज्वल भट्ट, सुमित गौतम, निश्चल भट्ट, मनोज घलान लगायतको समन्वयमा श्रद्धाञ्जली गरिएको थियो । युवाहरूले भावी दिनमा राम्रो भविष्य निर्माण गर्न एकताबद्ध भएर अघि बढ्ने संकल्प पनि व्यक्त गरेका थिए ।

















प्रतिक्रिया दिनुहोस्