मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही माघ १६ गतेदेखि हेटौंडा –६ स्थित गौरीटार रंगशालामा स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताहुने भएकोे छ ।
प्रतियोगिता सम्पन्न गर्न रंगशाला खेलमैदान व्यवस्थापनमा आयोजक हरु खटिरहेका छन् भने तयारी अन्तिम चरणमा पुगेको छ ।
अन्तराष्ट्रि मापदण्ड पुग्ने नेपालको दशरथ रंगशाला पछिको हेटौंडाको र्गौरीटार रंगशाला चिनाउनकै लागि सो स्थानमा गोल्डकप आयोजना गर्न लागिएको आयोजक पक्षहरु बताउँछन् ।
हेटौंडा– १५ स्थित न्यू डाँफे युथ क्लबले गोल्डकपका संयोजनको जिम्मेवारी लिएर रंगशालालाई समेत चिनाउने काम गरेको भन्दै विभिन्न व्यक्तीहरु खुशी भएका छन् ।
यसैक्रममा नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवको रुपमा नियुक्त भएका बागमती प्रदेशका सुर्यलाल भण्डारीले हेटौंडाको र्गौरीटार रंगशाला पहिलो अनि दशरथ रगशाल हुने बताएका छन् ।
यस रंगशालामा फुटबल मात्र नभएर हरेक खेलकुदका गतिविधिहरु गर्न मिल्ने गरी अत्यधुनिक सूविधायुक्त रंगशाल बन्ने बताएका हुन् ।
लामो समयदेखि ओझेलमा परेको अवस्था रहनु बिभिन्न कारणहरु भएको बताए ।
प्रतियोगितामा यस वर्षको संस्करण निर्माण पुरा नभएपनि गौरीटारमा गौरीटार रंगशाला निर्माण कार्य पुरा नहुदै पनि अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता गौरीटारमा गर्ने योजनले रंगशालाको शोभा बढेको बताए ।
बागमती प्रदेश खेलकुद विकाश परिषदमा सदस्य सचिव भा नियुक्त भएपछि यस रंगशालका विषयमा चासो लिएको बताए ।
मकवानपुर जिल्ला फुटबल संघले खेलकुदका गतिबिधि गर्दै आएको अवस्थामा यसपटक गौरीटारमा खेल आयोजना गर्ने भनेपछि दर्शकहरु बस्न मिल्नेगरि केही मर्मत कार्य तत्काल थलिएको बताए ।
आउँदो माघ १६ गतेदेखि २७ गतेसम्म हुन लागेको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुनेछन् ।
खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ । प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।
प्रतियोगितामा प्रथम हु्ने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
……………………………..
बागमती प्रदेश खेलकुद विकाश परिषदमा सदस्य सचिवसंग गरिएको कुरकानी














प्रतिक्रिया दिनुहोस्