बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले चर्चाको विषय के हो?भनेर सोध्ने हो भने पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने २५ मिटर सडक विस्तार प्रकरण भन्ने गरेका छन् ।
सडक डिभिजन कार्यालय हेटौंडाले गएको असार १० गते हेटौंडामा सडक विस्तार गरिनेभन्दै निकालेको ३५ दिने सूचनाको समयको समय सकिएको छ ।
अल्पकालीन आन्तरिम आदेशले छलफलमा बोलाइएको भनाईनै अग्रपङ्तीमा राखेर सडक विस्तार रोकियो स्ट्रे अडर आयो भनिरहेको अवस्था समेत छ ।
अब सडक विस्तारकालागि सडक डिजिनको डोजर चल्छ या सहमतीमा संरचना भत्काइन सूरु हुन्छ या भत्काइदैन बिभिन्न व्यक्तीहरुको चासो बनिरहेको छ ।
कोही पक्ष भत्काइनु पर्छ अनि विकास हुन्छ भन्दै अघि सरिरहेका छन् भने कोही व्यवस्थापन र उचित मूआव्जाका कुरा उठाइरहेका छन् ।
असार १० गतेको ३५ दिने सूचनाका अनुसार २५ गजभित्र पर्ने घर÷टहरहरू खाली गरिएको भने पाइँदैन। न व्यवसायीहरुले पसल हटाउने छाटकाट गरेका छन् ।
साउन १७ गतेछलफलको लागि सडक डिभिजन र घरधनीलाई सर्वोच्चले बोलाएसंगै २१ गते पनि बोलाएकाले सडक बिस्तारको समय धकेलिएको छ ।
विस्तार कार्य तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी नै अधिक चर्चाको विषय बनेको हो ।
सडक विस्तारका विषयमा सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आन्तरिम आदेश र समय धकेलिनुले नागरिकहरुलाई अन्यौलमा परेको छ ।
बर्षैदेखि सडक विस्तारको अवधारणा अन्तरगर्त सडक विस्तार गरिने भन्दै जारी सूचनाले त्रसित बनाएको भन्दै बिरोध पनि गर्दै छन् ।
व्यवसायीहरुले परेको पिर बुझिदिने कोही नभएको गुनासो र भनाई सहितका ज्ञापनपत्र बोकेर बिभिन्न स्थानमा पनि दौडिरहेका छन् ।
भन्छन् “नागरिकको पिडा बुझ्नुपर्ने कसको कर्तव्य ? चाडपर्व नजिकिदै गर्दा काँहा जाने, कसरी काम गर्नेश्र?लगानी कसरी उठाउने ? सडकछेउमा रहेका घरजग्गाधनीको मुआव्जाको कुरा उठाइयो । हाम्रो लागि कोहो?उद्योग वाणिज्यसंघ घरधनीको होकी व्यवसायीको?”
हेटौंडा उपमहानगरको मुख्य बजार क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्ग विस्तार नभए सामूहिक आत्मदाह गर्ने चेतावनी दिदै हेटौंडाकी मेयर मिनाकुमारी लामालाई हेटौंडा ८ निवासी ७३ वर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजिव तामाङका बाबुछोराले ज्ञापनपत्र समेत बुझाएका छन् ।
यसै विषयमा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले अरुको सम्पत्ति नभत्काए सामूहिक आत्मदाह गर्ने चेतावनी दिदै ज्ञापनपत्र बुझाउनेलाई अपराधको संकेत गर्दै हेटौंडा उपमहानगरले पत्र बुझ्नु पनि गलतै भएको बताएका छन् ।
उनले घरधनीको बारेमा मात्र बोलेको भन्ने विषयमा घरधनीकै घर नरहे व्यसायीहरु समस्यामा पर्ने भएकाले घरधनीहरुको विषयमा बोलीरहेको बताए ।
Hetauda 25Gaj Road Target अर्काको सम्पत्ति भत्काउन आत्मदाहको धम्की !Adesh Parkhadai Sadak Divijan।
२०२१ सालमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतका क्षेत्रहरूमा सडकको बीचबाट दायाँबायाँ २५–२५ मिटर फराकिलो बनाउने घोषणा भएको थियो ।
२०७३ सालदेखि मनहरी–लोथरदेखि पर्साको बिरगंजसम्मको २५ मिटर सडकसिमा भित्र अतिक्रमण गरेका भन्दै घरटहरा हटाउन पटक–पटक सूचना जारी गरेको थियो भने पुस १४ गते सडक विस्तारका लागि डोजर चलाएको थियो ।
संघिय सरकारले २५–२५ मिटर चौडा गर्ने गरी वर्षौदेखी काम सुरु गरेपनि सडकछेउमा रहेका घरजग्गाधनीले अदालतको स्टे अर्डर लिएर बसेको र मुआव्जा बिना भत्काउन नदिने अडान लिएका थिए ।
मकवानपुरको मनहरी देखि राप्तीरोड सम्मका घरटहराहरू हटाउन डोजर चलेपछि मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिज्ञ, हेटौंडावासीले गरेको अबरोध अनि चर्किएको आन्दोलनले सडक विस्तार रोकिएको थियो ।
हेटौंडाका २५ मिटर सिमा भित्र पर्ने घरधनीले सर्वोच्चमा रिट हालेर सरकारलाई जग्गाधनी पुर्जा भएको र बिभिन्न कारणहरु पेश गर्दैजाने अनि सरकारले पटक÷पटक सूचना जारी गर्ने यो चलिरहेको छ ।
बजार क्षेत्रमा पर्ने राप्तीरोड देखि मेनरोड सम्मको संरचनाहरु हटाउन भने सकेको छैन । यसपटक भने सडक डिभिजनले सडक विस्तारको काम नरोक्ने जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्