फाईल तस्विर

चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मत अन्तरले अगाडि रहेका छन।

६०हजार ६७३ मत गणना हुँदा रास्वपा सभापति लामिछाने ४३ हजार १०१ मत साथ अग्रस्थानमा रहेका छन । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाएका छन्।

रवि लामिछान जितनारायणभन्दा ३५ हजार १४९ मत अन्तरले र रामप्रसाद भन्दा ३५ हजार ३१५ मत अन्तरले अगाडि छन्।

मसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए । अहिलेसम्म भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ । अब कालिका नगरपालिकाको मतगणना सुरु हुँदैछ । लामिछानेले भरतपुर र इच्छाकामना दुवै ठाउँमा आम निर्वाचनमा भन्दा बढाएका छन् ।

नागरिक न्युजबाट साभार गरिएको छ ।