मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको पाँचौं संस्करण फुटबल प्रतियोगिताको अन्तिम भिडन्त बुधबार हुँदैछ ।

हेटौंडा– ५ पिप्ले क्याम्पा रंगशालामा जारी फुटबल मनाङ मस्र्याङ्दी र हिमालय शेर्पा उपाधिका लागि भिड्दै छ ।
मनाङ र हिमालय शेर्पा दुवै पहिलो पटक उपाधि भिडन्तमा पुगेका हुन् ।
२०६४ सालमा सहिद स्मृति गोल्डकपका रुपमा आयोजित प्रतियोगितामा थ्रीस्टारले उपाधी पाएको थियो ।
प्रतियोगिताको दोस्रो संस्करण २०७५ सालमा जिल्ला फुटबल संघले गरेकोमा आयोजक मकवानपुरले जितको उपाधी पाएको थियो ।

त्यसपछिका दुई गोल्डकप उपाधि विभागी टोली त्रिभुवन आर्मीले उपाधी हात पारेको हो ।
मंगलबार भएको पत्रकार सम्मेलनमा मनाङ र हिमालयन दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।
प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड ९बुलेट० बाइक पाउने छन् ।
मनाङ र हिमालयन शेर्पाको प्रतिस्पर्धा भने रोमाञ्चक बन्नेनै छ कसले विजयीको उपाधी हात पार्ने हो  ? त्यो भने फाइनल सम्म कुर्नै पर्ने छ ।