लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एसको आयोजनामा हेटौंडामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै करिब ११ लाख रुपैयाँ खर्च हुने जनाकारी गराउदै वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइत द्वारा आँखा शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया गरिने जनाइएको हो ।
तीन दिवसीय आँखा शिविर सञ्चालन हुने गरि लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपाल र लियो जिल्ला परिषद् ३२५ एस नेपालको संयुक्त आयोजना तथा तेज कोहली एण्ड रुइत फाउन्डेसनको सहयोगमा कार्यक्रम गरिने भएको हो ।
शिविरबाट करिब १८ सय ५० जना लाभान्वित हुने अनुमान गरिएको जानकारी गराइएको छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहने गरि आँखा शिविरका कार्यक्रम राखएको संयोजक अमित शर्माले बताए ।
उनले बताए अनुसार माघ १६ गते देखि १८ गतेसम्म बार, सर्लाही, मकवानपुर र पर्सा जिल्लाको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर गरिने छ ।
माघ १९ देखि २१ गतेसम्म शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई हेटौंडा ल्याइनेछ ।
शिविरमा करिब ४ सय ३० जना मोतियाविन्दुको विरामी भेटिने र उनीहरुको निःशुल्क आँखा शल्यक्रिया गर्ने गरी तयारी गरिएको लायन्सको डिष्ट्रीक्ट ३२५ एसको एरिया २ चिफ बिकेशलाल श्रेष्ठले बताए ।















प्रतिक्रिया दिनुहोस्