बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित  स्थित रानीदरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसले एन्ट्रोक ओनर ग्रुपको रोमाञ्चक राइड अन्तर्गत  कार्यक्रम गर्ने भएको छ ।

टिभिएसले आफ्नो ग्राहकको लागि एन्ट्रोक  ओनर ग्रुपको  रोमाञ्चक राइड अन्तर्गतगत भोली शनिबार बिहान १४ गते हेटौँडाको हेटौडा अटो र्माट शोरुम बाट मकवानपुरगढी गाँउपालिका पुग्ने भएको हो ।

सडक दुर्घटना सम्वन्धी जानकारी र रोमाञ्चक यात्रा गराउनका लागी टिभिएसको अपाचे बाइक ओनर पारखीहरु लगभग ३५ जनालाई सहभागी गराइने जनाइएको छ ।

आफ्ना ग्राहकहरुसंग भेटघाट गर्ने र जोडिएर विशेषत मोटरसाइकलमा आउने सामान्य देखी विशिष्टकृत समस्या निवाकरणमा सहज बातावरण बनाउने उद्श्य सहित उपहार प्रदान गर्ने कार्यक्रम आयोजाना गरिएको जनाइएको हो ।

अटो मार्ट हेटौँडाका प्रवन्धक प्रवेश बरुवालले जानकारी दिए अनुसार टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी र चितवनको नारायणगढ च्यापटरमा वाइक राइडर कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसअघि पनि हेटौडा अटो र्माट शोरुम बाट बकैया गाँउपालिकाको हात्तिसुडेँ हुदैँ बागमति गाँउपालिका झुरझुरे सम्म अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइटको आयोजना गरेको र सहभागीहरुले उत्कृष्ट मनेको बरुवालले बताए ।

टिभिएसको नेपालको आधिकारीक कम्पनी जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक भएको बरुवालको दावी छ ।