मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को १ हजार ३३५ मत गणनाको नतिजा सार्वजनिक हुदा गठबन्धनकी महालक्ष्मी उपाध्याय डीनाले ७८९ कत पाएकी छन् ।
चुनाव चिन्ह सूर्य लिएर उठेका कमल थापाको ३५१ मत प्राप्त छ ।
राप्रपाका दिपक बहादुर सिंहले ५० मत पाएका छन् ।
त्यस्तै घण्टीमा ५०, हसिंया र तारा चिन्हमा २७, क्रस खुकुरी चिन्हमा ३८, छाता चिन्हमा २, भाले चिन्हमा २, लौरो चिन्हमा १ मत प्राप्त छ ।
कम्प्यूटर चिन्ह मादल, आमा चिन्हमा १र१ १ मत खसेको छ । ५८ मत भने बदर भएको छ ।
…………
प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को हालसम्म २ हजार ३८५ मत गणना हुदा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाको ८२६ मत प्राप्त छ ।
त्यस्तै नेकपा एमालेका महेश बर्तौलाले ८४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राजन मैनालीको २७ मत ल्याएका छन् भने मतगणना जारी छ ।





















प्रतिक्रिया दिनुहोस्