Rato Samachar
Wed, 4 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

उदयपुरमा बाँध फुटेपछि सप्तरीमा उच्च सतर्कता

  • सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा बाँध फुटेपछि सप्तरीको पूर्वी तथा उत्तरी भेगका दुई नगरपालिकामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा बाँध भत्किएर कटान गर्न थालेपछि सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ । सप्तकोसी नगरपालिकाको ६ र ७ मा उक्त पानी पस्ने सम्भावना रहेको छ । कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिम रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिनुभयो । यस्तै सप्तकोसी नदीको छेउछाउका बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताउनुभयो । यी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह तथा सुरक्षित स्थानमा बस्नका लागिसमेत आग्रह गरिएको उहाँले बताउनुभयो । बाढी नियन्त्रण नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैँसी, बाख्रा नचराउन र माछा मार्न नजान सप्तरी प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ । त्यस्तै सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा समेत बाढी आउन सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा एक टोलीले सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकामा बाढी आउन सक्ने ठाउँको निरीक्षण गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

लोकप्रिय

1

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

2

महिला फुटबल प्रतियोगिता, हेल्पफुल साइनम स्पोर्टस् क्लबलाई हराउँदै हेटौंडा फुटबल एकेडेमी सेमिफाइनलमा

रातो समाचार संवाददाता
3

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

4

नितान्त सेवामा छौं हिसाव मागेमा दिन सक्छु : रामजी अधिकारी ( भिडियो सहित )

5

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

6

जैविक विविधता उपयोगका लागि वनस्पति तथा वन्यजन्तु संरक्षण आवश्यक

7

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

8

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब
9

हेटौंडामा नेपाली फिल्म “लिटल स्ट्रार्स” विशेष च्यारिटी सो हुने

10

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता


भर्खरै

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology