रोल्पाको जलजला बहुमुखी क्याम्पसमा कार्यरत प्रध्यापक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयले आफूहरूको सेवा सुविधामा विभेद गरेको भन्दै उनीहरू ७ बुँदे मागसहित एक महिने आन्दोलनमा छन् ।

जलजला बहुमुखी क्याम्पस प्रध्यापक तथा कर्मचारी हकहित सरोकार मञ्चको नाममा उनीहरू प्रथम चरणमा एक महिने कार्यक्रमका सार्वजनिक गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले आसार ७ गतेदेखि एक हप्ता सम्म कालोपट्टी बाँधेर प्रध्यापनको काम सुरु गर्ने बताएका छन् । दोस्रो सातासम्म पनि सुनुवाइ नभए पेन डाउन गरी प्रध्यापन गर्ने, तेस्रो साता प्रशासन कक्षमा तालाबन्दी गरी प्रध्यापन गर्ने, चौथो सातादेखि क्याम्पस प्रशासनको कुनै पनि कार्यमा संलग्न नहुने तर प्रध्यापन सुरु गर्ने उल्लेख गरेका छन् ।