मकवानपुरगढी गाउँपालिकामा अहिले सम्म २० हजार ५ सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

जसमध्य ११ हजार ५सय ७२ जनालाई पहिलो र ९ हजार १४ जनालाई दोश्रो मात्रा कोरोना विरुद्धको खोप लगाइएको गाउँपालिकाले जनाएको छ ।

कोरोनाको तेस्रो लहरबाट माघ ६ गते सम्म ७९ जना संक्रमित भएमा र सबैजना सक्रिय संक्रमित अवस्थामा नै रहेको गाउँपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको शुक्रबार बसेको बैठकमा जानकारी गराईएको हो ।

गाउँपालिकाले पालिका कार्यालय तथा मातहतका कार्यालयमा आउँदा सेवाग्राहीले कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य लिएर आउनुपर्ने र खोप नलगाएहरुलाई पायक पर्ने स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन पनि अनुरोध गरिएको छ ।

त्यसतैगरि पालिका भित्रपनि वडा नम्बर २, ३, ४, ५ र ६ बढी संक्रमित देखिएको गाउँपालिक अध्यक्ष बिदुर हुमागाईले बताए ।

उनले कार्यालयमा , मकवानपुरको निर्देशन तथा परिपत्रलाई पालना गर्ने निर्णय गरेको बताउदै कोभिड अस्थाई अस्पताल मक्रान्चुली, आमभन्ज्याङ्ग स्वास्थ्य चौकी , मकवानपुरगढी स्वास्थ्य चौकी र बुढीचौर स्वास्थ्य चौकिबाट एन्टिजेन परिक्षण गर्ने ब्यवस्था गरिएको जानकारी दिए ।

उनले बताए अनुसार तत्कालै वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीबाट पनि एन्टिजेन परिक्षण गरिने छ ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षतामा बसेको बैठकमा गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा , प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडाका अध्यक्ष सरोकारवालाहरु लगायतको उपस्थिति रहेको थियो ।