नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा हिन्दुहरुले मनाउदै आएको रंगहरुको महान पर्वका दिनमा होली मिलन कार्यक्रम गरिएको छ ।

असत्यमाथि सत्यको विजयी भएको दिन भन्दै सोही खुसीमा होली पर्वपर्व मनाउने गरिएको पर्वलाई मकवानपुरे पत्रकारहरुले एक अर्कालाई रंग लगाईदिएर एकअर्कालाई शुभकामना दिएका हुन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको प्रमूख अतिथ्यमा गरिएको होली मिलन कार्यक्रममा मकवानपुरमा रहेका बिभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।