हेटौंडा उपमहानगरपालिकास्तरीय अनुपम घलान स्मृति यु–१६ फुटबल प्रतियोगितामा विजयी भएको हेटौंडा–१५ का सम्हलाई वडा नम्बर १५ ले कदरपत्र सहित सम्मान गरेको छ।

हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिद्धारा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेल अन्तरगर्त हेटौँडा–१८ र १५ विचको फाइनल भिडन्तमा सडन डेथमा हेटौंडा–१५ ले उपाधि हात पारेको हो ।

मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौंडा–१२ का अनुपम घलानको स्मृतिमा सञ्चालित पहिलो संस्करणको “अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्षमुनिको फुटबल प्रतियोगिता” को उपाधि १५ ले हात पारेको हो।
वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा खेलाडी सम्मान कार्यक्रम गरिएको हो।

प्रतियोगितामा सहभागी जनाएर प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै हेटौंडा १५ नम्बर वडाको कोच ,म्यानेजर र खेलाडी खेलाडीका अभिभावक लार्इ सम्मान गरियोएको हो ।

विजेता खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै क्षेत्रको विकास, र जनताको अनुरोध अनुसार खेलकुद क्षेत्रमा लागेका खेलाडीहरूलाई वडाको हरेक तर्फबाट सहयोग रहने वडा अध्यक्ष सुनिल मोक्तानले बताए ।

वडा कार्यालयको तर्फबाट आवश्यक सम्पूर्ण सामग्रीको जोहो
गरिदिनेआफ्नो पहिचान देश र राष्ट्रका लागि स्थापित गर्न खेल क्षेत्रलाई कहिल्यै नबिर्सन आग्रह गरे।

कार्यक्रममा वडा सदस्यहरू पातली गोङ्ग्बा, मिनु विश्वकर्मा, सिंह बहादुर लामा, वडा सचिव कृष्ण बहादुर क्षेत्री, वडाका कर्मचारीहरू तथा खेलाडी लगायतको उपस्थिति रहेको थियो ।