मकवानपुर– मकवानपुर जिल्ला फुटबल संघले बागमती प्रदेशको राजधानी हेटौंडा –६ स्थित गौरीटार रंगशालामा यही माघ १६ गतेदेखि स्थानीय तह छैठाँै सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएकोे छ ।

प्रतियोगिता सम्पन्न गर्न रंगशाला खेलमैदान व्यवस्थापनमा आयोजक हरु खटिरहेका छन् भने तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा यस वर्षको संस्करणको संयोजनको जिम्मेवारी हेटौंडा– १५ स्थित न्यू डाँफे युथ क्लबले लिएर रंगशालालाई समेत चिनाउने काम गरेको भन्दै विभिन्न व्यक्तीहरु खुशी भएका छन् ।

नेपालको दशरथ रंगशाला पछिको अन्तराष्ट्रि मापदण्ड पुग्ने लगभग २३ विगाहमा फैलिएको दोस्रो रंगशालामा फुटबल मात्र नभएर हरेक खेलकुदका गतिविधिहरु गर्न मिल्ने गरी योजना अघि बढेको रंगशाला चिनाउने काममा थप सहयोग गर्नका लागि सो स्थानमा गोल्डकप आयोजना गर्न लागिएको आयोजक पक्षहरु बताउछन् ।

वि.स. २०४० सालमा तत्कालिन राजा बिरेन्द्रले नै उद्घाटन गरेको र नेपालमै पहिलो पटक प्रथम नगर खेलकुदको आयोजनामा तत्कालि प्रधानमन्त्री माधव कुमार नेपालले केन्द्रिय खेलकुद प्रतिष्ठानका रुपमा २०६४ जेठ २८ गते सिलान्यास गरेका थिए ।

सिलान्यास गर्दै गुरु योजना अघि सारे पनि संघीय सरकार अन्तरर्गत या प्रदेश सरकार अन्तरर्गत रहने भनेर निमार्ण कार्य अन्यौलमा परेको थियो ।

संघीय व्यवस्था अन्तर्गत बागमती प्रदेश सरकार मार्फत नै निर्माण गरिने भएपछि २०७४ सालमा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कार्य अघि बढाएका थिए ।

प्रदेश सरकारले फुटबल, भलिबल, क्रिकेटका लागि खेल मैदान, स्विमिङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने राष्ट्रिय खेलकुद परिषद्को योजना सहितकार्य अघि बढाउन १३ कारोड ३८ लाख लागत बजेटमा केसी सप्तकोशी ओम साई जेबीलाई निर्माणको जिम्मेवारी दिएको थियो ।

फुटबल ग्राउन्ड, रिटेनिङ वाल, रनिङ ट्र्याक र भीआईपी प्यारापिट निर्माण गर्ने भनेपनि भनेजस्तो गरेर काम अघि सर्न सकेन । बागमती प्रदेश खेलकुद विकास परिषद् मार्फत डीपीआर अनुसार चालू वर्षमा स्विमिङ पुल निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छट्टाछुट्टै बसोबास कक्ष, रिक्रिएसन कक्ष, उपचार कक्ष र प्रशासनिक भवन निर्माण गर्ने प्रदेश सरकारको योजनामा छ । लगगभग १४ वर्षदेखि निर्माधिन अवस्थामा रहेको र कारिब एक दशकदेखि भनेजस्तो खेलकुद गतिविधि नभइरहेको अवस्थामा यस पटक अन्तराष्ट्रिय गोल्डकप हुने भएपछि रंगशालाको चर्चा चुलिएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने घोषणा गरिए पछि चार दशक अघि गौरीटार रंगशालामा खेलकुद गतिविधिका कार्य गर्ने, सपना देखेका स्थानीय देखि कतिपय खेलाडीहरुको सपना सपनामै सिमित रहेको छ ।

तर पनि सपना कायम राखेर यस पटक स्थानीय तह छैठाँै सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता गरेर रंगशालालाई चिनाउने भन्दै जिल्ला फुटबल संघ अघि सरेको छ । जिल्ला फुटबल संघले आयोजना गरेको तेस्रो हेटौंडा– ४ स्थित वन विज्ञान क्याम्पसको चौरमा भएको, चौथो र पाँचौ तहको गोल्डकप प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सम्पन्न गरेको थियो ।

वि.स. २०६२ र ६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटांैडा मै पहिलोपटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरेको संघले खेलकुद गतिबिधि निरन्तर गर्दै आएको हो ।

वि.स.  २०७७ सालमा भएको तेस्रो संस्करणबाट स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको नामाकरण भएको थियो ।

विभिन्न प्रायोजकको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहबाट सहयोग प्राप्त भएपछि स्थानीय तह शहीद स्मृति गोल्डकप नामाकरण गरिएको संघका अध्यक्ष टीका लामाले बताएका छन् ।

रंगशालामा एनसेल महिला फुटबल कपबाट अन्य कुनै खेल प्रतियोगिता नभएको अवस्था रहेसंगै आगामी दिनमा रंगशालामा खेल हव बन्ने विश्वास रहेको अध्यक्ष लामाको भनाई छ ।

आउँदो माघ १६ गतेदेखि २७ गतेसम्म हुन लागेको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुनेछन् ।

खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ । प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।

प्रतियोगितामा प्रथम हु्ने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।