बागमती प्रदेशको राजधानी हेटौंडा–६ स्थित गौरिटार रंगशालामा स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा माघ १६ गतेबाट प्रतियोगिता हुने भएको आयोजले जानकारी गराएको हो ।

यसवर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने जानकारी गराइएको छ ।

खेल सम्पन्न गर्नका लागि गौरिटार रंगशाला खेलमैदान व्यवस्थापनमा आयोजक पक्षहरु खटिरहेका छन् ।

यसैविच जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामासंगको  कुराकानी ।