बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार देखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको शनिबार चौथो दिन भएको छ ।
नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूरु गरिएको खेलमा जोडदार प्रतिस्पर्धा भइरहेको छ ।
हेटौंडा४मा रहेको होटल सामानामा भइरहेको प्रतियोगितको शनिबार सातौं चरणको खेल सम्पन्न भएसंगै बुद्धिचालमा सुभयान र मिनहाज उपाधितर्फ लम्किरहेका छन् ।
प्रतियोगिताका भारतीय २३९३ रेटेड शीर्ष खेलाडी सुभयानले भारत कै राहुल गुरुङ विरुद्ध कारोकान प्रणालीमा सेतो गोटिवाट खेल आरम्भ गरेका थिए।
उक्त खेलमा राहुलले छैटौं चाल अन्तर्गत बिसप डि सिक्स चाल्दै सानो गल्ती गर्न पुगेपछि फाइदा लिदै सुभयानले सोह्र चाल भित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल भए ।
सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ सुभयानले अग्रस्थान बनाएका छन्।
आठौं चरणको खेलमा उनले बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसंग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिता मार्फत ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आईएम उपाधि प्राप्त गर्ने लक्ष रहेको उनले बताए ।
शनिबार सम्पन्न दोश्रो बोर्डमा २२१७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबे माथि कठिन जीत गर्दा गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने।
आईएम मिनहाजले ओपन सिसिलियन भारिएशन इफोसि सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्स वाट खेल शुरु गर्दै ४२ औं चालमा चलाखि गर्दै पाउन अप गरे।
उपाधिका लागि जित्नै पर्ने आठौं चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसंग कालो गोटी लिएर खेल्ने छन्।
चलिरहेको प्रतियोगितामा बंगलादेशी एफएम नयम हक ,भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिंह, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा सुरक्षित रहन सफल भएका छन्।
आठौं चरणको खेलमा नयन हकको अबु शेख संग, अमरदीको अर्बिन्दर प्रित संग, नासिर शेखको सुभयानसंग र सरिफ होसेनको मिनहाज संग कडा प्रतिस्पर्धा हुने छ ।
सह -आयोजक मकवानपुर बुद्धिचाल संघको रेखदेखमा भइरहेको अन्तर्राष्ट्रिय खेलमा एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडी द्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर नेपाली खेलाडी मध्यबाट अगाडि रहन तछाडमछाड गरिरहेका छन्।
उनीहरुसंगै पूर्व नेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन्।
यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन्।
नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन्।
आइताबार समापन हुने खेलमा पुरस्कारका लागि कुल ५,८७,५५० पाँच लाख सतासी हजार पाँच सय नगद पुरस्कार रहेको र प्रथम हुनेलाई १,२५,०००। एक लाख पच्चिस हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले बताए ।
लामाले बताए अनुसारै टप १५ खेलाडी, सर्वोकृष्ट महिला, वेष्ट लोकल, वेष्ट भेट्रान, यू १०,यू१२,यू१४,यू१६,यू१८, वेष्ट अनरेटेड र १५००, १७००, १९०० मुनिका रेटेड खेलाडीहरु गरि ३८ जना प्रतियोगितामा सहभागी विजयी खेलाडीलाई वितरण गरिने छ ।


































प्रतिक्रिया दिनुहोस्