बागमती प्रदेशको राजधानी हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा मंसिर ५ गतेदेखि भइरहेको स्व।सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा सोमबार भएको सेमीफाइनल खेलमा नव जनजागृति युवा क्लब सिमरा र अखिल नेपाल खेलकुद महासंघ बागमती बाहिरीएको छ ।

हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबद्धारा आयोजित फुटबल प्रतियोताको नव जनजागृति युवा क्लब सिमरा र रियल स्टार क्लब विच भएको पहिलो सेमीफाइलको भिडन्तमा टाइब्रेकरमा ४–३ गोलअन्तरले रियल स्टार फाइनलको भिडन्तमा प्रवेश गरेको हो ।

चलिरहेको रोमाञ्चकारी खेलको निर्धारित समय अवधीभर दुबैपक्षबाट कुनै गोल हुन नसकेपछि नतिजाका लागि ट्राइबेकारमा धकेलिएको थियो ।
पेनाल्टी सुट आउटमा रियल स्टार क्लबसंग नव जन जागृतिले हार बेहोर्नु परेको हो।

खेलका लागि रियल स्टारका सोहन मोक्तान म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै गरि दोस्रो खेल अन्तरगर्त अखिल नेपाल खेलकुद महासंघ बागमती र रिगल हेटौडा रिसोर्टको भिडन्तमा टाइबेकरमा ५ – ३ गोल अन्तरले जित हासिल गर्दै रिगल फाइनलको भिडन्तमा प्रवेश गरेको हो ।

खेलको महाभिडन्तमा निर्धारित समयमा दुबै पक्षबाट कुनै गोल हुन सकेन । नतिजाको लागि ट्राइबेकरमा धकेलिएको थियो ।

पेनाल्टी सुट आउटमा बागमतीले पुर्ण सदुपयोग गर्न नसक्दा हार बेहोर्नु पर्यो ।
रिगलले जित हासिल गर्दै फाइनलमा भिड्ने मौका पाएको छ ।

खेलका लागि रिगलका गोल रक्षक क्रिशल मोक्तान म्यान अफ म्याच घोषित भए ।

सोमबारको सेमी फाइनल खेल सकिएसंगै रियल र रिगल हेटौँडा रिसोर्ट फाइनलको भिडन्तमा पुगेका हुन् ।
बुधाबार हुने खेलमा दुबै समुह बिच फाइनलको भिडन्त हुनेछ ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र उपविजेता टिमलाई नगद ५५ हजार रुपैयाँ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुदिप सिंह ठकुरीले बताए ।