बागमती प्रदेशको राजधानी हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा मंसिर ५ गतेदेखि सूरु भएको स्व.सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको आइताबार क्वाटर फानइनलको अन्तिम खेल सम्पन्न भइको छ ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा जारी फुटबल प्रतियोतामा क्वाटर फाइनलको चरण पार गर्दै रियल स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
हेटौडा फुटबल एकेडेमी र रियल स्टार क्लब विचको महा भिडन्तमा ट्राइबेकरमा ५ _४ गोल अन्तरले जित हासिल गर्दै रियल स्टार सेमीफाइनलमा प्रवेश गर्यो भने प्रवेश हेटौडा फुटबल एकेडेमीले हार बेहोर्नु परेको हो ।
रोमाञ्चकारी खेलको निर्धारित समय अवधीभर दुबैपक्षबाट कुनै गोल हुन नसकेपछि नतिजाका लागि ट्राइबेकारमा धकेलिएको थियो ।
ट्राइबेकरमा पनि नतिजा नआएपछि सडेनडेथको सहारा लिनु परेको थियो ।
उक्त खेलका लागि रियल स्टारका गोलरक्षक आयुस गोले म्यान अफ द म्याच घोषित भए ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र उपविजेता टिमलाई नगद ५५ हजार रुपैयाँ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुदिप सिंह ठकुरीले बताए । फाइनल प्रवेशका लागि भोलि पहिलो खेलमा नवजन जागृति युवा क्लब सिमरा र रियल स्टार क्लब बिच भिड्नत हुनेछ भने दास्रो खेलमा फाइनल प्रवेशका लागि अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिका र रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर बिच प्रतिस्पर्धा हुनेछ ।














प्रतिक्रिया दिनुहोस्