बागमती प्रदेशको राजधानी हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा मंसिर ५ गतेदेखि सूरु भएको स्व.सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको शनिबार ५ खेल सम्पन्न भएको छ ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा भएको जारी फुटबल प्रतियोतामा शनिबार भएको क्वाटर फाइनलको २ खेल सम्पन्न भएको हो।
च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हेटौंडा रिसोर्ट एन्फा मकवानपुर र दोस्रो खेलमा अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिकाले जित हासिल गर्दै सेमि फाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेल अन्तरगर्त हेटौँडा रिसोर्ट एन्फा र न्यु डाँफे युथ क्लब विच भएको क्वाटरफाइनलको महा भिडन्तमा ३–० गोलअन्तरले पराजित गर्दै हेटौंडा रिसोर्टले सेमीफाइनलमा प्रवेस गर्ने सौभाग्य पाएको हो।
रोमाञ्चकारी खेलको ३३ औं मिनेटमा रिगलका खेलाडी प्रितम स्याङ्ग्बोले पेनल्टी सुटआउटको सुनौलो अवसरलाई प्रयोग गर्दै गोल गरे ।
खेलको दोस्रो हाफको १३ औं मिनेटमा स्याङ्बोले पुनः अर्को गोल गरे ।
खेलकै दोस्रो हाफको औ मिनेटमा अनिष महर्जनले उत्कृष्ट हेड गोल गरे भने न्यु डाँफेले हार बेहोर्नु पर्यो ।
रिगल हेटौंडा रिसोर्टका क्याप्टेन प्रितम स्याङ्बो खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा अखिल शहिद स्मृति क्लब, बागमती गाँउपालिका र हिल्ली फिल्डर्स एफसी गोर्खा विच भएको महाभिडन्तमा बागमतीले पेनाल्टी सुटआउटमा जित हासिल गरेको हो ।
खेलको निर्धारित समयमा दुबै समुहबाट कुनै गोल हुन नसकेपछि नतिजाकलागि ट्राइबेकरमा धकेलिएको थियो ।
एकैपटक कुनै समुहसंग भिडन्त नगरि क्वाटर फाइनल खेल्न पाएको गोर्खाले खेलको भिडन्तमा टाइब्रेकरमा ४–२ गोलअन्तरले बागमती संग हार बेहोर्नु पर्यो ।
उक्त खेलको । म्यान अफ द म्याच बागमतीका गोलरक्षक सरोज भोलन घोषित भए ।
१४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र उपविजेता टिमलाई नगद ५५ हजार रुपैयाँ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुदिप सिंह ठकुरीले बताए ।















प्रतिक्रिया दिनुहोस्