जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउसी–भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय समेत भएकालेतिहार तथा छठ पर्वका समयमा जिल्लाभित्र शान्ति सुरक्षालाई प्रभावकारी तुल्याई शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा चाडपर्व मनाउने वातावरण कायम गर्न भन्दै अनुरोध गरिएको जिल्ला प्रशासनले जनाएको हो ।
काठमाडौँ महानगरपालिकाभित्र भने सुरक्षित रूपमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भन्दै महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएपनि यस वर्ष राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।
मेयर शाहा लेख्छन् “यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले ” राती १ ” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ।”

यसै भनाइलाई केन्द्रित गर्दै हटौंडामा देउसी भैलो खेल्न दिएको समय अवधि अतिनै कम भएको बताइरहेका छन् ।
बेलुकी पुजापाठ गरेर निस्कदा निस्कदै रातीको ९ बज्ने भएकाले केही समय थपिएमा उचित हने बताएका हुन् ।
बर्ष दिनमा आउने चाडमा रमाउनका लागि समेत दिएको समय अतिनै कम भएकाले देउसी खेल्ने या खेल्नै नजानेहो भन्ने अन्उयौलमा परिरहेका बिभिन्न व्यक्तीहरु बताउछन् ।
मेयर बालेनको स्टाटस सेयर गर्दै समय अवधि केही बढाइनुपर्ने संकेत गरेका हुन् ।
यता मकवानपुर जिल्ला प्रशासन नि. प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्ष गरिएको सूचना पत्र जारी गर्दै प्रचलित कानून विपरितका गतिविधि र क्रियाकलाप सञ्चालन गर्ने, गराइएको पाइएमा कानून बमोजिम कारवाही गरिने उल्लेख गरिएको हो ।
जिल्ला प्रशासनले जारी गरेको सूचना भने यस्तो छ ।






















प्रतिक्रिया दिनुहोस्