बागमती प्रदेशको राजधानी हेटौंडामा १६ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिद्धारा आयोजित जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न गरिएकोे हो ।
स्वास्थको लागि खेल्कुद रास्ट्रको लागि खेल्कुद’’ को नारा सहित हेटौंडा–४ स्थित बहुउदेशीय कर्भड हलमा आयोजित गरिएको हो ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाअध्यक्षता हेटौंडाका पूर्व मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि सुरु गरिएको हो ।

दुई दिनसम्म चलेको प्रतियोगितामा मकवानपुरका २२ वटा डोजाङका ३सय १५ जना खेलाडीले सहभागिता जनाए ।
जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरी आयोजित प्रतियोगिता दुई वटा रिङमा खेलाइएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल प्रदान गरिएको हो ।
सोही कार्यक्रममा हेटौडा नगरपालिका मेयर लामाले कार्यसमिति लाई ५ लाख बराबरको सामाग्रीहरु समेत हस्तान्तरण गर्दै उत्कृष्ट एक खेलाडि लाई एक बर्सको छात्रवृति दिने घोषणा समेत गरेकी हुन् भने मेयर लामाद्धारा नै खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
प्रशिक्षक देखि बिभिन्न व्यक्ती र मकवानपुरका सञ्चारकर्मी रातो समाचारमा आवद्ध रहेका राजेश थापा “गरिब” लाई तेक्वान्दो कार्य समितिद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामाले खेलाडीहरु उत्साह देखेर खुसी लागेको बताईन् ।
खेल क्षेत्रका लागि आफुलाई निखार्दै अघि बढ्न खेलाडीहरुलाई शुभकामना दिदै खेल क्षेत्रका लागि व्यक्तीगत र उपमहानगरको सधै सहयोग रहने बताइन् ।

अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षतामा मकवानपुर जिल्ला खेलकुद बिकास समितीका अभ्यक्ष भेष खड्की, तेक्वान्दो प्रहिष तथा कार्यालय प्रमुख माधव कोइराला, सदस्य उमेश बुढाथोकी। सविन भोलन सञ्चारकर्मी लयाएतको उपस्थिपत रहेको सम्पन्न खेललाई सम्बोधन गर्दै सबैको साथ सहयोगले काम गर्न सकेको बताउदै सबैमा आभारी रहेको बज्राचार्यले बताए ।
………………………………
प्रतियोगितामा को को भए पुरस्कृत ?
बिभिन्न तौल समुहको महिला र पुरुष तर्फका खेलाडीहरुले सहभागीता जनाएका थिए भने पहिलो, दोस्रो, तेस्रो र चौथो सम्मको स्थान हासिल गर्दै पुरस्कृत भएका थिए ।
पुरुष तर्फ ०–२० केजी तौल समुहको प्रतियोतिामा गैरीगाउँ डोजाङका मौसम थिङ प्रथम, नामटार डोजाङका कुसाङ थोकर द्धितीय, हटिया डोजाङका अस्मित सुनार तृतीय र रोमन गौतम चौथो भएका छन् ।
त्यस्तै गरी २०–२४ केजी तौल समुहमा कर्रा डोजाङका सितल थिङ प्रथम, एकोनाइज डोजाङका सिद्धार्थ शाह द्धितीय, इन्द्रसरोबर डोजाङका विकेव लामा तृतिय र आयुष सुवेदी चौथो भएका छन् ।
मकवानपुर डोजाङक प्रिन्स शाह पहिलो, ब्रहमदिक डोजाङका सवल आर्चाय दोस्रो , नामटार डोजाङका रबिन रेग्मी तेस्रो र कर्राडोजाङका कृष्णदेव २४– २८ केजी तौल समुहबाट चौथो भएका हुन् ।
जनज्योति मावि डोजाङ प्रथम, कर्रा डोजाङ द्धितीय र मकवानपुर डोजाङबाट तृतीय भएका छन् ।
२८ – ३२ केजी समुहबाट कर्रा डोजाङका कृष थिङ प्रथम, जनप्रिय डोजाङका अभियान राजवंशी द्धितय,चौघडा डोजाङका रिजन खडका तृतिय र हेटौंडा डोजाङका सक्षम श्रेष्ठ चौथो भएका हुन् ।
३२–३६ केजी सम्मबाट इन्द्रसरोवर पेम्बा लामा पहिलो, साततले डोजाङका अभिषेक थिङ द्धतिय, जनप्रिय जोडाङका युनिस तृतिय र कर्रा डोजाङका कुशल घलान चौथो भए ।
३६–४० केजी समुहबाट साततले डोजाङका छिरिङ थिङ प्रथम, हटियाका रिजन क्षेष्ठ द्धितृय, गौरी गाउँका शिशिर गोले तृतीय र जनज्योतिका आर्यान क्षेष्ठ चौथो भए ।
४०–४५ केजी समुहबाट विराज मोक्तान, मकवानपुर डोजाङका युसुफ हुसेन प्रथम भए ।
आशिष स्याङतान द्धितृय, साततलेका सुकुलाल पाख्रीन तृतीय र फापरबारीका सन्दिप भोलन चौथो भएका हुन् ।
५०– ५४ केजी समुहमा हेटौंडा ४कर्राका नितेश माझी प्रथम, मकवानपुर फापरवारीका संजिव तामाङ द्धितय, मकवानपुरका प्रकाश मुक्तान तृतिय र सिद्धार्थका रस्किन अधिकारी चौथो भए ।
५४– ५८ केजी तौल समुहबाट कर्राका सुजित माझि प्रथम, जनप्रियका मिलन प्रजा द्धितय , नामटारका विश्वास बराल तृतिय र सुमन थिङ चौथो भए ।
५८–६२ केजी समुहबाट हेटौंडा ४कर्राका अमन माझि प्रथम, हटियाका विराज माझि द्धितृय, इन्द्रसरोवरका सुवोध टुटेली तृतिय र नामटारका विराज कुलुन चौथो भए ।
महिला तर्फ २०केजी समुहबाट नामटारकी संजीता घिमिरे प्रथम, साततलेका प्रतिमा गोले द्धितय, मकवानपुरकी निमर्ला भुजेल तृतीय र चाँदनी कुमारी दास चौथो भएकी ह्न् ।
२० – २४ केजी समुहबाट जनज्योतिकी कृषिका क्षेत्री प्रथम, हटियाकी निर्जला माझी द्धितय, साततलेकी रोशनी गोले तृतिय र कर्राकी सञ्जिवनी भुजेल चौथो भइन् ।
२४–२८ केजी समुहकी सुस्मिता दहाल प्रथम, युनिका गोल द्धितृय, हटियाकी अस्मिता सुनार तृतिय र गौँरीगाउँकी बैभवी खतिवडा चौथो भइन् ।
२८– ३२ केजी समुहबाट शुभेक्षा नेपाल , खुशी माझी, सिसम थापा मगर र हर्षिका आले चौथो भइन् ।
३२–३६ केजीका चाँदनी हायु , रेष्टीना रेग्मी ,प्रेमा थङकी तामाङ द्धितय र सुस्मा घलान चौथो भइन् ।
३६–४० केजी तौल समुहबाट आकृति , मनिता , कोपिला र सविना लामा र्चौथो भएकी थिइन् ।
४०– ४५ केजी समुहबाट सुजना कुबँर , कबिना राइ , अस्मिता गौतम र अनुस्का शाह चौथो भइन ।
४५ देखि ५० बाट कृषमा भोलन प्रथम , ,सुवक्षा घलान , रचना वुलुन र निशा लामा तृतिय भएकी हुन ।
समीक्षा नेगी , रोशनी कार्की द्धितृय , सिमा थापा तितृय र एलिना लामा तृतीय भइन् ।
५४ देखि ५८ विविका थापा प्रथम , पुजा मावि द्धितृय , युनिसा गोले र अस्मिता मोक्तान तृतिय भइन ।
प्रतियोगितामा प्रथम जनप्रिय मावि डोजाङ, कर्रा डोजाङ द्धितृय मकवानपुर डोजाङ तृतिय भएको हो ।














प्रतिक्रिया दिनुहोस्