मारवाडी युवा मञ्चको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
हेटौंडाको बुद्धचोकमा बुधबार सामाजीक कार्य माम समेत रहेकोमञ्चद्धारा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
अंजनी अग्रवालको संयोजकत्वमागरिएको कार्यक्रममा २१ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेका हुन् ।
मञ्चका अध्यक्ष शसांक राज चनानीको सभाध्यक्षता मारवाडी एशोसियसन मकवानपुरका अध्यक्ष राजेन्द्र कुमार तायलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मकवानपुर उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नेपाल राष्टिय मारवाडी युवा संगठनका केन्द्रिय सदस्य राहुल जालन,राजेश कुमार अग्रवाल सिताराम बतौला (जनताको नोकर) , बिश्व हिन्दु परिषद सदस्य श्रवण कुमार चनानी,योग्य प्र कडेल,शभ्मु प्र भटराई लगाएतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्