रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका रवि लामिछाने र  डा.स्वर्णिम वाग्ले विजयी भए ।

चितवन क्षेत्र नम्बर २ मा भएको उपचुनावमा प्रतिनिधि सभा सदस्यमा पुनः दोस्रो पटक रवि लामिछाने र तनहुँ–१ बाट डा.स्वर्णिम वाग्ले विजयी  निर्वाचित भएका हुन् ।

बैसाख १० गते सम्पन्न सम्पन्न उपनिर्वाचनमा चितवन–२ लामिछाने र तनहुँ–१ बाट वाग्ले विजयी भएपछि बिभिन्न स्थानमा धन्यावाद र्याली सहित नगर परिक्रमा गारिरहेका छन् ।

यसअघि विजयी भएका लामिछाने को नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएपछि लामिछानेले फेरि चुनावी प्रतिस्पर्धामा भारीमत सहित पुनः दोस्रो पटक विजयी भए ।

उनलाई सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता कायम गराएर प्रतिस्पर्धा गरेपछि ५४ हजार १ सय ७६ मतसहित लामिछाने  विजयी भएका हुन् ।

उनको निकटम प्रतिद्धन्दि नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय मत पाए । एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाएका हुन् ।

………………….

त्यस्तै तनहुँ १ मा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारलाई फराकिलो मतले पराजित गदै वाग्ले विजयी भए ।
वाग्लेले ३४ हजार ४ सय ८० मत पाए । कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत ल्याए।

एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत पाए । वाग्लेले कांग्रेस उम्मेदवार भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पारेका हुन् ।

…………………..