बागमती प्रदेशको राजधानी हेटौंडामा उपमेयर नगरकप महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
श्री केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुर, मकवानपुर जिल्ला भलिवल सघं, हेटौडा उपमहानगरपालिका भलिवल सघंको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै भलिवल प्रतियोगिता सम्बन्धि सचालन हुने जानकारी गराइएको हो ।
…………………….
उपमेयर (नगरकप) महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७८
प्रतियोगिता सम्बन्धि नियमहरुः
अनुसार सचालन हुनेछ
१. प्रतियोगिता अन्तराष्ट्रिय भलिबल संघको नियम
२. प्रतियोगितामा सहभागी हुने सम्पुर्ण खेलाडीहरु सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्नेछ ।
३. स्थायी बसोबासीको लागि नेपाली नागरिक्ताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, जन्मदर्ताको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि, बसाइसराई दर्ता प्रतिलिपि तथा दोस्रो बागमती प्रदेश खेलकुद फारम भरेका हे.उ.म.पा भित्रका वडा बाट सिफारीस भएका खेलाडीको हकमा सो खेलाडी फोरम भरेको फोटोकपी ।
४. टिम दर्ता निशुल्क हुनेछ ।
५. टिममा बढिमा लिबरी सहित १० जना खेलाडि प्रशिक्षक र व्यवस्थापक सहित १२ जना हुनेछ ।
६. सम्बन्धित वडाको सिफारिस साथ अन्तिम टिम दर्ता मिति २०७९ साल चैत २५ गते दिउँसो ३ बजे सम्म रहनेछ ।
७. एकटा बडा बाट एक मात्र महिला तथा एक मात्र पुरुष टिमले सहभागिता जनाउन पाईनेछ ।
८. दुवै विधामा प्रथम हुने टिमले रु.५०,०००/-, द्वितिय हुने टिमले रु ३०,०००/- र सान्त्वना दिसले १०,००० को दरले पुरस्कार प्राप्त गर्नेछ ।
८. दुवै विधाका प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई रु,२,५००/- तथा अन्य विधाहरुलाई रु.१,५००/- प्रदान गरिनेछ ।
१०. कुनै खेलाडी विरुद्ध दावि विरोध गर्नुपरेमा खेल सकिएको आधा घण्टा भित्रमा आवश्यक प्रमाण राखी रु.२,५००/- नगद सहित लिखित निवेदन दिनुपर्नेछ ।
११. प्रतियोगिता तथा खेल सम्बन्धि कुनै समस्या भएका वा सर्वाधिकार आयोजक समितिमा रहनेछ ।
१२. खेलको टाईसिट मिति २०४९ साल चैत २५ गते दिउसो ३ बजे मकवानपुर जिल्ला खेलकुद बिकास समिति हुप्राचौरमा खोलिनेछ । टाईसिट निर्माणको क्रममा सहभागी टिमको प्रतिनिधिहरुको उपस्थिति रहनु पर्नेछ। प्रतिनिधिको अनुपस्थितिलाई टाईसिट प्रकाशनमा बाधा पुग्ने छैन ।
सम्पर्क व्यक्तिहरु :
बसन्तकुमार सिटौला ९८५५०६८३१४ श्री राजु घले ९८४४०६९५१६, त्रिविक्रम रुपाखेति ९८५५०६५३६० पुर्ण लामा ९८१५२३१२१२, विनोद श्रेष्ठ ९८५५०८८४००, सन्तोष श्रेष्ठ ९८५५०६९९११, छबीलाल सुबेदी ९८५५०६०९६८, शशंकर काकी, ९८४५०६८६३६, मनोज लामा स्यातान ९८४५७८३९१४
आयोजक :
श्री केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुर, सकवानपुर जिल्ला भलिबल संयं
हेटौडा उपमहानगरपालिका भलिवल संघ















प्रतिक्रिया दिनुहोस्