नेकपा एमाले केन्द्रीय स्थाई कमिटीका सदस्य तथा बाग्मती प्रदेश कमिटी ईञ्चार्ज काशिनाथ अधिकारीले नेकपा एमालेप्रति देशीविदेशी प्रतिक्रियावादीको घेराबन्दीमा रहेकोले कार्यकर्ता एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले, मकवानपुरको पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन तथा सुदृढीकरण अभियान(२०७९ को समीक्षा बैठकमा यस्तो बताएका हुन् ।
उनले बलियो संगठन र जनताको समर्थनमा सबै एमालेप्रतिका षडयन्त्रलाई चिर्दै राष्ट्र र जनताको हितमा दृढ भएर नेकपा एमाले उभिने बताए ।
हरेक निर्वाचन र प्रतिस्पर्धामा पहिलो र बहुमतमा आउनको लागि अभियान सञ्चालन समेत गरेको उल्लेख गरे ।
अभियानले पार्टी पंक्तिलाई जिल्लाव्यापी चलायमान गरेको, पार्टीको जिल्ला, पालिका र विशेष ईलाका कमिटी, वडा कमिटी र जनसंगठनको जिल्ला कमिटीको वैठक बस्ने, अभियानसम्बन्धि योजना बनाउने बताएका हुन् ।
त्यस्तै गरी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले अवधि पुगेका कमिटीको अधिवेशन र पुन ः गठन भईरहेको, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता विस्तार कार्य सञ्चालन भईरहेको, तहगत संगठन र कार्यकर्ताबीचका अन्तरविरोधहरू न्यूनीकरण भएको, नेता र कार्यकर्ता, कार्यकर्ता र जनताबीचको सम्बन्ध सुदृढ भएको, पार्टी संगठनलाई बलियो र व्यवस्थित बनाउन बल पुगेको बताए ।
पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान-२०७९
बैठकमा अभियानका केन्द्रीय प्रतिनिधिहरू देवि ज्ञावली(मनहरी, राक्सिराङ्ग, कैलाश र पेशागत ईलाका), पार्वत गुरूङ्ग (हेटाैँडा उपमहानगरपालिका), खेम लाेहानी(ईन्द्रसराेवर र थाहा), बालिका गिरी (गढी र भीमफेदी), कमलजंग राई (बकैया र बाग्मती), प्रदेश कमिटीका सदस्यहरू, पालिका ईन्चार्ज तथा अध्यक्षहरूले बैठकमा समीक्षात्मक रिपाेर्टिङ्ग जिल्ला सचिव सिग्देलले बताए ।
जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठकाे सभाध्यक्षतामा बसेकाे बैठकमा केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल तथा बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेलगायतकाे उपस्थिति रहेकाे थियाे ।





















प्रतिक्रिया दिनुहोस्