मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित हेटौंडामा चलेको ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा   मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम रैथानेबाली कृषि उपजको प्रदर्शनी तथा बिक्री स्टल पनि राखिएको छ ।

स्टलमा कोदो , फापर, पिठोहरु बेसारको धुलो, खलेको कोदो, कोदोको नमकिन, मस्याङ्ग लगायतका वस्तुहरु बिक्रीमा राखिएको हो ।

स्थानीयस्तरमा उत्पादित रैथाने बाली तथा वस्तुहरुको संरक्षण, प्रवर्द्वन र गर्ने र वजार विस्तारमा टेवा पुर्याउने उदेश्य सहित कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा राखिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

उक्त स्टलमा चिनो, कागुनो, लट्टे, सिलाम, आलस, सिमी, स्थानीय मकै, मस्याङ्ग, दुधे पिडालु, अदुवा, बेसार, उखु साथे कृषि कार्यमा प्रयोग हुने औजार तथा सामग्रीहरु जाँतो, हलो, कुटो, कोदालो, नाङ्गलो, डोको, ड़ाल्लो, थाकलको मान्द्रो, बाँसको मान्द्रो, कुरुवा लगायत प्रदर्शनीमा राखिएको हो ।