मकवानपुर सुनचाँदी व्यवसायी संघ तथा मकवानपुर कालीगढ संघको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

हिन्दुहरुको महान चाड दशैं तिहार तथा छठपर्वको अवसर पारेर शुभकामना आदानप्रान सहित मंगलबार सुरु गरिएको खेल विहिबार सम्पन्न गरिएको हो ।

सुनचाँदी द्धारा व्यवसायी तथा कालीगढ कालीगढ विच भएको फुटसल प्रतियोगिताको फाइनल गेममा पिपल बोट वारियर विजयी भएको छ । विहिबार घिमीरे ब्रदश र वारिएर विच भएको प्रतियोगिताको फाइनल खेलमा २–२ गोलमा खेलको समय सकिएको थियो ।

बराबरीमा खेल सकिएपछि पेनाल्टीमा वारियर विजयी भएको हो ।

विजेता टिमलाई मेडल तथा खसी प्रदान गरिएको थियो ।

त्यस्तै गरि उप विजेता टिमलाई मेडल संगै कुखुरा प्रदान गरिएको थियो ।

उक्त फुटसल प्रतियोगितामा घिमीरे ब्रदश, पिपल बोट वारिएर, फाइट ब्रदश, प्रभु एस.एसं आर, इम्पीटी र पोर्टो एफ सीले सहभागिता जनाएक थिए ।

सोही प्रतियोगीतामा पहिलो गेमको सन्दिप घिमीर,दोस्राको विपिन बराइली, तेस्रो गेमकोको सुजन घिमीरे, चौथो गेमकोको चौथो गेमको निशान सुनार, पाँचौ गेमको योगेन लोप्चन मेनअफ द म्याच घोषित भएका थिए ।

त्यस्तै गरि खेल अबधीभरका बेस्ट किपर पनि योगेन लोप्चन नै भएका थिए ।

खेल अवधी भरीकै हाई स्कोरल निशान सुनार र बेष्ट खेलाडी सन्देस विष्ट भएका थिए । सुनचाँदी  व्यवसायी अध्यक्ष केशव रसाइलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमम विजेता समुहलाई सचिव राजकुमार रसाईलीले पुरस्कर हस्तान्तरण गरेका थिए ।