हेटौँडा मानव बेचविखन तथा बाल संरक्षणसम्बन्धी सञ्चारकर्मीहरुका लागि एकदिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

एक्प्याट लक्जम्बर्गको आयोजनामा बुधबार गरिएको कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको अवधारणा र पीडितहरुको अधिकारको संरक्षणको बारेमा  गरिएको कार्यक्रममा अधिवक्ता सुकदेव सापकोटाले सहजिकरण गर्दैे मानव बेचविखन यथावत रहेको तर, तरिका परिवर्तन भएको बताए ।

जबरजस्ती श्रम, मानवबेचविखन तथा ओसारपसार, बधुवा मजदुर, बाल वेश्यावृत्ति र जबरजस्ती बालविवाहका लगायत मानव बेचविखन अहिले २१ औं शताब्दीमा पनि नरोकिएको बताए ।

घरेलु श्रमिकका रुपमा बालबालिकालाई प्रयोग गर्ने, यौन शोषण देखिका घटना मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुनी व्यवस्थाका बारेमा सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।

उनले सहि सञ्चारकर्मीहरुले पिडितको गोपिनियताको ख्याल गर्नुपर्ने र कहिलेकाही पिडकको जानकारी दिदा पिडितको बास्तबिक खुल्ने हुदा यसमा संबेदनसिल हुनुर्पे र गोपनीयतालाई भंगगरी समाचार सम्प्रेषण गर्दा मानव अधिकारको उल्लंघन हुने जानकारी दिए ।

बालबालिकाहरुको संरक्षणको नाममा कतिपएले बालगृह सञ्चालन गरि बालबालिकालाई अभिभावक विहीन बनाई बालगृहमा राख्ने गरेको र मागिखाने भाँडो बनाउने गरेको समेत पाईएको अधिवक्ता सापकोटाले बताए ।

कार्यक्रममा सन्तोष महर्जनले बाल अधिकार, सिद्धान्त, अधिकार, बालसंरक्षण र मानव बेचविखनको पारस्परिक सम्बन्धका विषयमा नेपाली कानुनी व्यवस्थाबारे बताउदै बालबालिकालाई कुनै पनि स्थानबाट आफुखुसिले स्थानान्तरण गर्दापनि मावन बेचविखन तथा ओसारपसार मानिने बताए ।

नेपालमा बालबालिका बेचविखन, ओसारपसार अनि जोखिम न्यूनीकरण तथा बालमैत्री वातावरण बनाउन र सुरक्षाकानिति स्थापितको उद्श्यमा मानव बेचविखन न्यूनीकरण गर्नका लागि सहजीकरण गरिने उद्देश्यमा काम गरिएको बताए ।

नेपालका ३ वटा प्रदेशको ११ वटा जिल्लाका २० वटा पालिकाहरुमा परियोजना सञ्चालन भइरहेको समेत कार्यक्रम संयोजक सुवेदीले बताएका हुन् ।