दाङ प्रहरीले लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रुकुम (पुर्व) भुमे गाउँपालिका ९ चुनबाङ घर भई हाल दाङ घोराही उप–महानगरपालीका १४ बसपार्क बसेका दल बहादुर कामी रहेका छन् ।

प्रहरीको जानकारीअनुसार गोप्य सुचनाको आधारमा दल बहादुरको कोठामा खानतलासी गर्ने क्रममा लुकाएको प्लाष्टिकको बोरा भित्र हरियो पोलिथिन व्यागमा कार्टुन टेपले बेरी लाम्चो चेप्टो पोका बनाएको ७ के.जी. ७सय७९ ग्राम लागु औषध (चरेश) जस्तो देखिने कालो पदार्थ फेला पारी नियन्त्रमा लिएको हो ।

उनलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ तथा फोन कल विश्लेषणका आधारमा उक्त लागु औषध (चरेस) कारोबारमा संलग्नको आरोपमा जिल्ला रुकुम(पुर्व) भुमे गाँउपालिका ९ घर भई हाल दाङ घोराहीं.१८ गिठेपानी बस्ने वर्ष ५९ को कर्ण बहादुर पुनलाई समेत पक्राउ गरेको हो ।

पक्राउ परेका दलबहादुर र कर्ण बहादुरको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।