Rato Samachar
Thu, 10 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

३२ आमा साक्षर बन्ने दौडमा

कैलालीका धेरै पालिका साक्षर पालिका घोषणा भइसकेका छन् । पालिका साक्षर घोषणा भए पनि पालिकाभित्र लेखपढ गर्न नजान्नेको पढ्न, लेख्न सिक्ने धोको पूरा भएको छैन । कैलालीको जानकी गाउँपालिका पनि साक्षर घोषणा भइसकेको छ । करिब १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा धेरै नागरिक साक्षर भएको तथ्याङ्कपछि पालिकालाई साक्षर घोषणा गरिएको हो । तर पालिकामा केहीले पढ्न, लेख्न नजान्ने भएकाले सबैलाई साक्षर बनाउन वडा नं २ मा अहिले साक्षरता कक्षा सञ्चालन भइरहेको छ । विगतमा पढ्न नपाएर साक्षर हुन नसकेकी वडा नं २ खैरेहनीका निर्मला जोशी अहिले निकै मेहेनतका साथ साक्षरता कक्षामा सहभागी हुनुहुन्छ । “पहिला पढेको छैन, अहिले नाम लेख्न जान्न सकिन्छ कि भनेर पढ्न थालेकी हुँ”, निर्मलाले भन्नुभयो, “आफ्नो नाम लेख्ने, सामान्य अरुले लेखेको पढ्न सक्ने भए पुग्छ ।” उहाँले पहिलेको जमाना छोरी पढाउने नभएकाले पढ्न नपाएको बताउँदै भन्नुहुन्छ, “आजभोलि बैंक जानुपर्छ । समूहमा जानुपर्छ । पढ्न नजान्दा समस्या भएको छ त्यसैले पढ्न सिक्ने जाँगर पलाएको छ ।” निर्मलाजस्तै अन्य महिलालाई पनि पढ्ने उमेरमा घाँस, दाउरा, गोठालो बनेर आमाबुवालाई सघाएर जीवन बितेकामा पछुतो लाग्छ । पढ्ने उमेरमा पढ्नुपर्छ भन्ने थाहा नपाएका, अभिभावकले विद्यालय देख्ने वातावरण नबनाइदिएका यी महिला अहिले पनि सकिन्छ भनी पढ्न थालेका हुन् । उमेर छिप्पिदै जाँदा सावा अक्षर चिन्ने रहर जागेको निर्मलाको भनाइ छ । त्यस्तै ४७ वर्षीया निर्मला गाउँघरमा हुने बैठक, समूहमा जाँदा आफ्नो नाम आफैँ लेख्ने धोको चाँडै पूरा गर्ने आशामा हुनुहुन्छ । जानकीकै वासु जोशी पनि अहिले ४४ वर्षको हुनुभयो । उहाँलाई अहिले किताबसँग खेल्ने, रमाउने रहर छ । “पहाडमा जन्मियौँ, बाबाले पढ्न जा भने पनि गइएन । घाँसमात्र काटियो”, वासु भन्नुहुन्छ, “अहिले रमाइलोसँगै सिक्न थालेकी छु । केही त सिकौला ।” वासु नातिनातिना स्याहार गर्ने बेलामा साँझ बिहान घरको काममा सघाएर दिउँसो फुर्सदको समय निकालेर पढ्न आउनुहुन्छ । उहाँजस्तै साक्षरता कक्षामा अहिले ३२ महिलाले नियमित कक्षा लिइरहनुभएको छ । कक्षामा सहभागी महिला सबै पाको उमेरका भएकाले पढ्न अप्ठ्यारो नलागेको बताउँछन् । निरक्षरलाई साक्षर बनाउनका लागि एक गैरसरकारी संस्थाले गाउँपालिकामा नौ महिने साक्षरता कक्षा सञ्चालन गरेको हो । कक्षा सञ्चालनका लागि आवश्यक पुस्तकसमेत सबै उपलब्ध गराउने गरेको छ । गाउँघरमा निरक्षर रहेका महिलालाई साक्षर बनाई सहयोग गर्ने गरी अहिले कक्षा सञ्चालन भइरहेको शिक्षिका भागरथी बमले बताउनुभयो । “नपढेका दिदीबहिनी धेरै छन् । हस्ताक्षर गर्नसमेत जान्दैनन्”, शिक्षिका बम भन्नुहुन्छ, “महिलाले ठूला अक्षरमात्र चिने पनि सजिलो हुन्छ । हामीले उहाँहरूलाई पढ्न सिकाउनुका साथै सामाजिक काममा अग्रसर हुनसमेत हौसला दिने गरेका छौँ ।” कैलालीका जानकी, जोशीपुर गाउँपालिकासहित टीकापुर, लम्कीचुहालगायतका नगरपालिका साक्षर घोषणा भइसकेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology