हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजनामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ ।

सहिद दिवस २०७९ को अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति मकवानपुरको व्यवस्थापनमा सम्पन्न उक्त प्रतियोगितामा शिक्षक दौड प्रतियोगीतामा श्री भानु मावि मकवानपुर गढीका मुकेश चौलागाइ प्रथम भएका छन् ।

त्यसैगरी श्री तासिर इङ्लिश बोर्डिङ स्कुल हेटौडाका  सन्दिप बस्नेत द्वितीय र प्राथमिक मावि भिमफेदीका विश्व लामा  तृतीय भएका छन् ।

चौथो हुनेमा बाघभैरब मावि बकैयाका बलराम राई र श्री भिम बोर्डिङ इङ्लिस स्कुल गढीकाआशिष घलान रहेका छन् ।

सोही क्रममा महिला शिक्षक स्लो स्कुटी रेसमा भृकुटी मावि। हेटौडाको सिर्जना थिङ प्रथम भएकी छन् ।

त्यसैगरी तासिर इङ्लिश बोर्डिङ स्कुल हेटौँडाको एन्जिला रिजाल  द्वितीय, आधुनिक राष्ट्रिय मावि, हेटौडाको देवमाया पाठक तृतीय भएकी हुन् ।

३ किलोमिटर दौड प्रतियोगीतामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार तृतीय हुनेले ३ हजार चौथो हुनेले १ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

त्यस्तैगरी स्लो स्कुटी रेस तर्फ प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार र प्रमाणपत्र प्राप्त गरे।
उक्त प्रतियोगितामा बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठकोप्रमुख आतिथ्यता रहेको थियो ।